झापा : झापाको शिवसताक्षीमा एक नाबालकको करेन्ट लागेर मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं. ७ का सुनिल राजवंशीका डेढ वर्षीय छोराको करेन्ट लागेर मृत्यु भएको हो ।
पानी तान्ने मोटर चलिरहेको अवस्थामा करेन्ट लागेर गम्भीर घाइते भएका बालकको बिर्तासिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post