Sunday, September 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

दमकमा अव्यवस्थित तार र बिजुलीका पोल हटाईँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २९, २०८१
in समाचार
0
दमकमा अव्यवस्थित तार र बिजुलीका पोल हटाईँदै
96
SHARES
Share on FacebookShare on Twitter

दमक : दमक नगरभित्रका अव्यवस्थित तार र बिजुलीको पोल  हटाउने काम सुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले बिजुलीका पोलमा अव्यवस्थित रूपमा टाँगिएका इन्टरनेट, टेलिफोन र केवल टेलिभिजनको तार हटाउन थालेको प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले बताए ।

उनका अनुसार प्राधिकरणले आफ्नो स्वामित्वका विद्युतीय पोलमा टाँगिएका केवल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थित गर्न यो काम थालेको हो । प्राधिकरणले चार सय भोल्ट लाइनको नाङ्गो तार र अन्य सेवा प्रदायकले टाँग्ने तारबीच ८० सेन्टिमिटरको दूरी हुनुपर्ने जनाएको छ । यस्तो तार र पैदलमार्गबीच दुई दशमलव चार मिटरको दूरी (उचाइ) हुनुपर्ने प्राधिकरणको मापदण्ड छ ।

त्यसैगरी, चार सय भोल्टको ‘इन्सुलेटेड’ तार र अन्य तारबीच ३० सेमीको दूरी र यस्तो पोलमा पैदलमार्गसँग तारको दूरी पाँच दशमलव पाँच मिटर कायम गर्नुपर्ने प्राधिकरणले जनाएको छ । उनले तार हटाउने कार्यसँगै सडक मापदण्डअनुसार दुई सय ९० वटा पोल समेत हटाइने जानकारी दिए ।

अहिले ठूला पोल गाड्ने काम भएकाले सोही पोलमा अन्य कम्पनीका तारहरु सार्न लगाइएको उनले बताए । आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन र सहरी सुन्दरता कायम राख्ने यो काम थालिएको उनको भनाइ छ ।

केवल, इनटरनेट, टिभीलगायत तारहरु नयाँ पोलमा सार्न नगरपालिकामार्फत व्यवसायीलाई अनुरोध गरिएको छ ।

उनले भने, “तोकिएको समयमा व्यवस्थापन गर्ने÷नगराउने सेवा प्रदायकहरूको केबललगायत उपकरण नेपाल विद्युत् प्राधिकरण ऐन ०४१ बमोजिम प्राधिकरण आफैँले हटाउने र यसबाट हुनसक्ने नोक्सानी सम्बन्धित सेवा प्रदायक स्वयं जिम्मेवारी हुनुपर्ने यसअघि पटकपटक सूचना जारी गरिएकाले अहिले सोही अनुसार काम भइरहेको छ ।”

एघार केभी र ३३ केभी लाइनमा विद्युतको तार र अन्य तारबीचको दूरी दुई मिटर, चार सय भोल्टका उपकरण र तारबीचको दूरी ७५ सेमी हुनुपर्ने प्राधिकरणको नियमावलीमा उल्लेख छ ।

प्राधिकरणले राउटर, रिपिटर, एक्ट्र्याक्टर, अप्टिकल फाइबर वितरण बक्स, जोइन्ट क्लोजरजस्ता उपकरण पोलको एकातर्फ क्रम मिलाएर नहल्लिने, नझर्ने गरी क्लिप ब्यान्डको प्रयोग गरी राख्न निर्देशन दिएको छ ।

दमक नगरपालिकाको पहलमा विद्युत् प्राधिकरणले बजारभित्रको विद्युत् आपूर्ति व्यवस्था गर्न सडकको दुवै किनारमा विद्युत् पोलसहितको तार जडान गर्ने काम भइरहेको दमक नगरप्रमुख रामकुमार थापाले बताए । विद्युतीय पोल प्रयोग गरी जथाभावी झुन्ड्याइएका उपकरणले सहरलाई कुरुप बनाएको उनको भनाइ छ ।

“आगलागीलगायत विद्युतीय दुर्घटना बढ्दै गएको र विद्युतीय सेवा अवरोध हुने भएकाले अव्यस्थित तार र पोल हटाउन थालिएको हो”, उनले भने, “अहिले दमक नगरका चोकबजारका तारहरु हटाउने कार्य सुरु भएको छ, अब नगरभरि यो अभियान चलाइन्छ ।” दमकमा विभिन्न नाममा सञ्चालित ३२ वटा कम्पनीले तार जडानको काम गर्दै आएका छन् ।

रासस

Tags: #राससअव्यवस्थितदमक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता
समाचार

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

माधव पोखरेल उदयपुर । उदयपुरमा समग्र अपराधका घटना केही घटे पनि आत्महत्या, सवारी दुर्घटना र महिलामाथि हुने हिंसाका घटनाले सुरक्षा...

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ
धर्म/संस्कृति

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
0

इटहरी : श्रीकृष्ण जन्माष्टमी उत्सवलाई समापनका लागि गरिने श्रीकृष्ण रथयात्रा इटहरीलगायत कोशीका विभिन्न जिल्लामा समापन गरिएको छ । हरेक साल...

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३
धार्मिक–सांस्कृतिक पहिचान झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा (फोटो फिचर)

विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा : धार्मिक उत्सवदेखि सामाजिक सेवासम्म

भदौ २०, २०८३
खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोको मान्छे (कविता)

भोको मान्छे (कविता)

भदौ २१, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल – भाद्र २१ गते आइतबार

भदौ २१, २०८३
देवता र मानवताको अन्तिम युद्ध (कविता)

देवता र मानवताको अन्तिम युद्ध (कविता)

भदौ २०, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.