Monday, September 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रेस युनियन कोशी प्रदेशद्वारा अग्रज पत्रकार सम्मानित, प्रदेश भेला र विचार गोष्ठी आयोजना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १०, २०८१
in समाचार
0
प्रेस युनियन कोशी प्रदेशद्वारा अग्रज पत्रकार सम्मानित, प्रदेश भेला र विचार गोष्ठी आयोजना
153
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेशले अग्रज पत्रकारलाई सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

सम्मानित हुनेहरूमा अग्रज पत्रकारहरू खोटाङका कृष्ण आचार्य, झापाका गोविन्दचन्द्र क्षेत्री, सुनसरीका गिरिराज आचार्य र हर्ष सुब्बा, मोरङका भारती उपाध्याय र दुर्गाप्रसाद खतिवडा रहेका छन् ।

उनीहरूलाई नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, महानगरका मेयर नागेश कोइराला, युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल र युनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितले सम्मान गरेका थिए ।

मोरङका दुर्गाप्रसाद खतिवडा सम्मान समारोहमा स्वास्थ्यका कारण उपस्थिति हुन नसकेकाले उनको सम्मान घरमै पु¥याइदिने नवोदितले बताए ।

कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा युनियनले ६ जना अग्रज पत्रकारलाई समेत सम्मान गरेको हो ।

यसैबीच सञ्चारकर्मीहरूबीच दौड प्रतियोगितासहितका विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

महिला र पुरुष दुई समूहमा आयोजित प्रतियोगितामा पुरुष सञ्चारकर्मीतर्फ विराटनगरका लाइभ न्यूजका कपलेश्वर यादव प्रथम भएका छन् । त्यस्तै विएफएमका अनन्तराम चौधरी द्वितीय र इलाम सुरेश भट्टराई तृतीय भए । त्यस्तै महिला सञ्चारकर्मीतर्फ मोरङकी इन्दु साह प्रथम, ताप्लेजुङकी माला पालुङ्गा द्वितीय, तेह्रथुमकी जानुका नेपाल तृतीय भए । विजेता महिला र पुरुष दुवैलाई बराबरी क्रमशः १० हजार, पाँच हजार र तीन हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

महेन्द्र चोकबाट सुरु भएको दौड बरगाछी उत्तरमा अवस्थित होटल मनास्लु ईनमा पुगेर समापन भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुईवटा राहदानी र नागरिकताका विषयमा समेत छानबिन हुनुपर्ने माग गरेका छन् ।

उनले सहकारी ठगी प्रकरणमात्रै नभएर पासपोर्ट र नागरिकताका विषयमा पनि गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गरेका हुन् । कोइरालाले गृहमन्त्री भएको आधारमा लामिछानेलाई कानुनी छुट नहुने बताए ।

‘देशको कानुन गृहमन्त्रीलाई लाग्दैन ? गृहमन्त्री भएको नाताले उन्मुक्ति दिने ? यो हुन सक्दैन । त्यसबाट उन्मुक्ति पाउन उहाँले सक्नुहुन्न,’ कोइरालाले भने ।

गृहमन्त्री लामिछानका दुईटा पासपोर्ट र दुईटा नागरिकता भएको दाबी गर्दै उनले संसदका महासचिव पद्मप्रसाद पाण्डेको पनि दुईटा नागरिकता र दुईटा पासपोर्ट रहेको दाबी गरे ।

उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोध तरिकाले भएको भन्दै उनले सिरोहिया पक्राउ परेको अघिल्लो दिन आफूलाई थाहा नभएको बताउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो दिन आफैंले अर्डर दिएको स्वीकारेर दोहोरो कुरा गरेको बताए ।

‘यसरी नै देश चल्ने हो भने हामी कहाँ पुग्छौं । पहिलो दिन कैलाशजीलाई समातेको मलाई थाहा छैन भन्नुभयो । हिजो मैले नै अर्डर गरेको भन्नुभयो,’ कोइरालाले भने, ‘सरकार छ कि छैन ? यो देशमा भइरहेको छ चाहिं के ? बूढी म¥यो भन्दा काल पल्कियो ।’ कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्यप्रति कांग्रेसले सदन र सडक दुवैतर्फ दबाब बढाउने उद्घोष गरे ।

कार्यक्रमका पूर्वमन्त्री तथा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले सरकार तानाशाही तरिकाबाट अगाडि बढिरहेको बताए । उनले सरकारले सञ्चार क्षेत्रमाथिसमेत अंकुश लगाउन प्रयास गरिरहेको दाबी गरे ।

कार्यक्रममा विराटनगरका नागेश मेयर कोइराला, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष दीपेन्द्र वान्तवा, पत्रकार महासंघ कोशीका कार्यबाहक अध्यक्ष लवदेव ढुंगाना, प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।

त्यस्तै युनियनले नेपाल पत्रकार महासंघको निर्वाचनलाई लक्षित गरी प्रदेश भेलासमेत सम्पन्न गरेको छ । भेलामा १४ वटै जिल्ला शाखाका अध्यक्षहरूले महासंघ निर्वाचनको तयारी, युनियनको अवस्थालगायतका विषयमा जानकारी गराएका थिए ।

भेलामा युनियनका १४ वटै जिल्लाका अध्यक्ष, युनियनबाट निर्वाचित नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, युनियन र महासंघबाट केन्द्र, प्रदेशमा प्रतिनिधित्व गर्ने पदाधिकारी, सदस्य, सल्लाहकार समिति, परामर्श समितिलगायतको उपस्थिति रहेको महासचिव सञ्जीव वाग्लेले जानकारी दिए ।

कार्यक्रममा प्रेस युनियन कोशी प्रदेशले स्थापना गरेको पत्रकार सामाजिक सुरक्षा र उपचार कोषको समेत औपचारिक घोषणा गरिएको थियो । सोही अवसरमा ‘प्रदेशको स्थायित्व र विकासमा सञ्चार क्षेत्रको भूमिका’ विषय विचार गोष्ठी पनि आयोजना गरिएको थियो ।

Tags: # प्रेस युनियनकोसी प्रदेशसम्मान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी
विविध

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

धरान : कोशी प्रदेशमा हिमालदेखि तराईसम्म पर्यटनका लागि आवश्यक प्राकृतिक स्रोत र गन्तव्य भए पनि पर्यटकलाई लामो समयसम्म राखेर स्थानीय...

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न
विविध

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको...

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३
बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.