Wednesday, November 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

कोशीमा सरकारी कामकाजको भाषा ऐन आजदेखि कार्यान्वयनमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २५, २०८३
in FEATURE BREAKING, समाचार
0
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी
52
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले प्रदेशको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्दै आजदेखि प्रत्येक वर्ष कात्तिक २५ गते भाषा दिवस मनाउने बताएका छन् ।

मुख्यमन्त्री कार्कीले राष्ट्रिय विभूति, समाज सुधारक तथा किरात धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको १४१औँ जन्मजयन्तीका अवसरमा महागुरु लिङ्देनप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना दिएका छन् ।

प्रदेशमा बोलिने विभिन्न भाषा तथा मातृभाषाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्ने बनेको ऐन आजैदेखि कार्यान्वयनमा ल्याउने घोषणा गर्दै मुख्यमन्त्री कार्कीले सत्य, अहिंसा, शान्ति, समानता, नैतिकता र सामाजिक सद्भावका पक्षधर फाल्गुनन्दले समाजमा विद्यमान कुरीति, कुसंस्कार र विभेदको अन्त्य गर्न उनको योगदान उच्च रहेको बताए ।

कार्कीले सभ्य, सुसंस्कृत र न्यायपूर्ण समाज निर्माणका लागि महागुरु फाल्गुनन्दले पुर्याउनुभएको योगदान अतुलनीय छ भन्दै सत्य, शान्ति, मानवता र समाजिक सुधारको मार्ग तथा उनका अमूल्य शिक्षाहरू आज पनि उत्तिकै प्रेरणादायी र अनुकरणीय रहेको जनाए ।

कार्कीले भने, “भाषा केवल सञ्चारको माध्यममात्र होइन, यो कुनै पनि समुदायको पहिचान, इतिहास, सभ्यता, संस्कृति र मौलिकताको जीवन्त आधार हो । कुनै भाषा लोप हुनु भनेको त्यस भाषासँग जोडिएको ज्ञान, परम्परा, इतिहास र सांस्कृतिक सम्पदा गुम्नु पनि हो । त्यसैले प्रदेशमा प्रचलित सबै भाषा तथा मातृभाषाको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । प्रदेशको सरकारी कामकाजमा भाषाको प्रयोग विस्तार गर्दै भाषिक विविधतालाई संस्थागत सम्मान प्रदान गर्ने दिशामा आजको दिन एउटा महत्त्वपूर्ण उलब्धि र ऐतिहासिक प्रस्थानबिन्दु बनेको विश्वास छ ।”

Tags: काेशी प्रदेशहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पूर्वी नाकाबाट चार करोडको १४ प्रकारका जडीबुटी निर्यात
समाचार

झापामा ३९ लाख ७८ हजारको भारतीय फूलमाला बरामद

by रासस
कार्तिक २५, २०८३
0

झापा : सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद...

आज भाइटीका, ११ः२ बजे उत्तम साइत
FEATURE BREAKING

आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

by रासस
कार्तिक २५, २०८३
0

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका...

जुगाडबाट सुरु सयपत्री फूलखेती, वार्षिक तीन लाख आम्दानी

जुगाडबाट सुरु सयपत्री फूलखेती, वार्षिक तीन लाख आम्दानी

कार्तिक २४, २०८३
इटहरी र सुन्दरहरैँचालाई जोड्ने छठको साझा उत्सव

इटहरी र सुन्दरहरैँचालाई जोड्ने छठको साझा उत्सव

कार्तिक २४, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषधसहित मोरङ, सुनसरी र उदयपुरबाट चार जना पक्राउ

कार्तिक २४, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टाबाट एक महिनामै १७ लाख किलो चिया निर्यात

कार्तिक २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पूर्वी नाकाबाट चार करोडको १४ प्रकारका जडीबुटी निर्यात

झापामा ३९ लाख ७८ हजारको भारतीय फूलमाला बरामद

कार्तिक २५, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

कोशीमा सरकारी कामकाजको भाषा ऐन आजदेखि कार्यान्वयनमा

कार्तिक २५, २०८३
आज भाइटीका, ११ः२ बजे उत्तम साइत

आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

कार्तिक २५, २०८३
जुगाडबाट सुरु सयपत्री फूलखेती, वार्षिक तीन लाख आम्दानी

जुगाडबाट सुरु सयपत्री फूलखेती, वार्षिक तीन लाख आम्दानी

कार्तिक २४, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1076 shares
    Share 430 Tweet 269
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    515 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    383 shares
    Share 153 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    335 shares
    Share 134 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.