इटहरी : कोशी प्रदेश सरकार गठनकाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आज छ ।
२६ वैशाखमा केदार कार्कीलाई स्वतः पदमुक्त गर्दै प्रदेश प्रमुख परशुराम खापुङले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए ।
सोही कदमविरुद्ध केदार कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गरी आफूलाई निरन्तरता दिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीसँग जवाफ माग गरेको थियो । ९ जेठमा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो।














Discussion about this post