झापा : झापाको मेचीनगर १२ कालिझोडास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ८७८२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ११ प २०२८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा प्रदेश १–०१–०१४ प ८७८२ नम्बरको मोटरसाइकल चालक भद्रपुर १० का अन्दाजी ५२ वर्षीय नेत्रप्रसाद परियारको मृत्यु भएको हो । सडकमा लडेका उनलाई बिर्तामोडबाट चारआलीतर्फ आउँदैगरेको मे १ ख ३२५१ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो ।
बसले ठक्कर दिई गम्भीर घाइते परियारलाई बीएण्डसी अस्पताल बिर्तामोड झापा पठाएकोमा अस्पताल पुग्नासाथ राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post