झापा : झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केर्खाबाट दमक आँउदै गरेको प्र १–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकल शुक्रबार बेलुका कमल गाउँपालिका वडा नं. ५ स्थित बाटो काट्दै गर्दै गरेको कुकुरलाई ठक्कर दिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार रहेका शिवसताक्षी २ का ४० वर्षीय नवीन आचार्यको शनिवार साढे ४ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकल चालक २६ वर्षीय पदमबहादुर पौडेलको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post