किमाथाङ्का (सङ्खुवासभा) : मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिनुभएको छ ।
सङ्खुवासभाको मकालु गाउँपालिका-३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका प्रथप्रदर्शक ५० वर्षीय केशरबहादुर कार्की आज मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँलाई निकुञ्ज कार्यालयदेखि झण्डै तीन सय मिटरको दूरीमा स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
कार्की शनिबार साँझ निकुञ्ज कार्यालयबाट बाहिर निस्किनुभएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post