झापा : झापाको गौरादह नगरपालिका १ सितापुरीस्थित मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
गएराति लु ९ प १२७१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडक छेउमा रहेको बिजुलीको पोलमा ठक्कर भएको थियो ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार भारतीय नागरिक ४१ वर्षीय कमल ठाकुरको मृत्यु भएको हो ।
घटनामा संलग्न मोटरसाइकल चालक स्थानीय ३३ वर्षीय गोपाल ठाकुरलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post