झापा : झापाको अर्जुनधारा नगरपालिका ४ का २६ वर्षीय अमिर दनुवारलाई चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् ।
असार ४ गते अर्जुनधारा ४ भाङबारी स्थितमा पार्किङ गरी राखेको मे ७ प ८३०९ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दनुवारको घरबाट उक्त नम्बरको मोटरसाईकल फेला पारेको हो ।
चोरीको मोटरसाइकलसहित पक्राउ परेका दनुवारको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post