बिर्तामोड : झापाको हल्दीबारी गाउँपालिकामा आफ्नै बाबुको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । हल्दीबारी गाउँपालिका–२ पाराखोपीस्थित आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको हो ।
गएराति २ बजे पाराखोपीका ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा झुण्डिएको अवस्थामा फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ ।
राजवंशीको मृत्यु शंकास्पद देखिएपछि उनका छोरा करिब ३० वर्षीय सुनीललाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
झुन्डिएको अवस्थामा फेला परेका राजवंशीको टाउको, अनुहारसहित शरीरका विभिन्न भागमा चोट लागेको र अनुहारभरी रगत देखिएको वडाध्यक्ष शुकलाल राजवंशीले बताए ।
सुनीललाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको छ ।














Discussion about this post