झापा : झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ ।
जिल्लाको हल्दीबारी गाउँपालिका ४ लक्ष्मीचोक निवासी ३० वर्षीय नरेश मोक्तानको घरछेउमा जमेको खाडलमा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लगाउने क्रममा घाइते भएका उनलाई डुबेको अवस्थामा उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो ।
अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post