Monday, June 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापा : मेचीनगरकी बिनादेवी डेढ वर्षदेखि ओमानको अस्पतालमा अचेत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८१
in समाचार
0
लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा

सांकेतिक तस्बिर । तस्बिर स्रोत : गुगल ।

75
SHARES
Share on FacebookShare on Twitter

झापा : वैदेशिक रोजगारीका लागि छ वर्षअघि ओमान गएकी मेचीनगर नगरपालिका–१० की ४५ वर्षीया बिनादेवी कवर डेढ वर्षदेखि त्यहीको एक अस्पतालमा अचेत अवस्थामा छिन् ।

राजधानी मस्कटबाट एक हजार किलोमिटर टाढा सलाहस्थित सुल्तान काबुस अस्पतालमा उनी डेढ वर्षदेखि अचेत अवस्थामा रहेको छोरा सञ्जय कवरले बताए ।

“आमा ओमानको अस्पतालमा बेहोस अवस्थामा हुनुहुन्छ भनेर खबर पाएका छौँ”, छोरा सञ्जय कवरले भने, “नेपाल ल्याउन रु १३ लाख खर्च लाग्छ रे । हामीले त्यत्रो पैसा कहाँबाट जुटाउनु ?” उनले आमालाई नेपाल ल्याउन सहयोगका लागि अपिल गरेका छन् ।

विपन्न परिवारकी विनादेवी कवर २०७५ सालमा भारतको बाटो भएर घरेलु कामदारका लागि ओमान पुगेकी थिइन् । दुई वर्षअघि मधुमेह र उच्च रक्तचापका कारण पक्षाघातले थलिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । हालसम्म उनी अचेत अवस्थामै रहेकी ओमानस्थित नेपाली दूताबासका कर्मचारीहरूले जानकारी दिएका छन् ।

ओमानस्थित नेपाली दूतावासका कन्सुलर गोविन्दप्रसाद आचार्यले बिनादेवीको उपचार भइरहे पनि स्वास्थ्यमा सुधार हुन नसकेको जानकारी दिए । रिटर्नी फेडेरेसन नेपालका कोशी प्रदेश अध्यक्ष धर्मेन्द्र खड्काले भने, “दूतावासका कन्सुलर गोविन्द्रप्रसाद आचार्यसँग भिडियोकलमा कुराकानी गर्दा उहाँले बिनादेवी दिदीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको सुनाउनुभयो ।”

बिनादेवीलाई स्वदेश ल्याउनका लागि नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नं १ का सांसद् विश्वप्रकाश शर्माले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । महामन्त्री शर्माले बिनादेवीको मेचीनगरस्थित घर पुगेर परिवारका सदस्यलाई भेटेका छन् ।

महामन्त्री शर्माले ओमानस्थित नेपाली राजदूत डोरनाथ अर्यालसँग फोनमा कुराकानी गरेर बिनादेवीलाई स्वदेश ल्याउन आवश्यक पहल गर्न आग्रह गरेका छन् । शर्माले बिनादेवीका छोरा सञ्जयलाई ओमान पठाउने र आमाको अवस्था हेरेर स्वदेश ल्याउने उपायका विषयमा पहल भइरहेको बताए ।

बिनादेवीका छोरा सञ्जयलाई ओमान जाने, आउने र बस्ने खर्चको व्यवस्थापन गरिने महामन्त्री शर्माले बताएका छन् । बिनादेवीका दुई छोरा, एक छोरी र पति छन् । जेठा छोरा सञ्जय मेचीनगर–७ स्थित राज चिया बगानमा मजदुरी गर्दै आएका छन् भने कान्छा छोरा सुरज काठमाडौँमा मजदुरी गर्छन् । छोरी अनिता कवरको विवाह भइसकेको छ । बिनादेवीका पति चिनीलालसमेत ज्याला मजदुरी गर्छन् ।

Tags: #झापा#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

विराटनगरमा करिब २९० ग्राम खैरोहेरोइनसहित पक्राउ, किन्न आएका युवक पनि समातिए

by टाकुरा न्यूज । इटहरी
असार १४, २०८३
0

विराटनगर : मोरङ प्रहरीले विराटनगरबाट करिब २९० ग्राम खैरोहेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। बरामद लागूऔषध किन्न काठमाडौंबाट सुनसरी...

विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका
समाचार

विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका

by टाकुरा न्यूज । इटहरी
असार १४, २०८३
0

विराटनगर : विराटनगरमा स्थानीय युवा, विद्यार्थी र जलवायु अभियन्ताहरूलाई जलवायु परिवर्तन र जलवायुको मुद्दामा सशक्त बनाउने उद्दैश्यका साथ विराटनगर जलवायु...

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

असार १४, २०८३
इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

असार १४, २०८३
उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

असार १४, २०८३
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

विराटनगरमा करिब २९० ग्राम खैरोहेरोइनसहित पक्राउ, किन्न आएका युवक पनि समातिए

असार १४, २०८३
विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका

विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका

असार १४, २०८३
काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

असार १४, २०८३
इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

असार १४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    706 shares
    Share 282 Tweet 177
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    397 shares
    Share 159 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.