झापा : झापाको गौरादह नगरपालिका ३ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरीगञ्जबाट दमकबाट तर्फ आउँदै गरेको को २७ प ३५४९ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कमल गाउँपालिका ५ का २१ वर्षीय दीपेन्द्र ताजपुरीयाको साथबाट ९ ग्राम ९ मिलिग्राम लागूऔषध ब्राउनसुगर फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।
लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका ताजपुरीयाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post