झापा : झापाको कनकाई नगरपालिका वडा नं. ५ चप्रामारीस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
बिहीबार साँझ अन्दाजी ५ बजे सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका सोही ठाउँ बस्ने अन्दाजी चार वर्षीय आर्यन टुडूलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका उनलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने मोटरसाइकल र चालक झापा गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षीय वसन्त मुखियालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post