झापा : झापाको गौरीगञ्ज गाउँपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
करेन्ट लगाएर माछा मार्ने क्रममा सोही गाउँपालिका ३ का ३६ वर्षीय रामकुमार गिरीको मृत्यु भएको हो ।
घर नजिकै रहेको भान्द्रा खोलामा माछा मार्न पानी तान्ने मोटरको तार खोलेर खोलामा लगाउने क्रममा करेन्ट लागेर घाइते भएका गिरीलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post