तरहरा : तरहरा जेसीजले चेस प्रतियोगिता आयोजना गरेको छ । सप्ताह कार्यक्रम अन्तर्गत जेसीजले चेस प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा सुशान आचार्य प्रथम भएका छन् । प्रथम हुँदै उनले नगद पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । उपविजेता भएका चन्द्र तमाङ्गले मेडल, र प्रमाणपत्र प्राप्त गरे।
उपाध्यक्ष सुमन रेग्मीको संयोजकत्वमा भएको प्रतियोगितामा तरहरा आसपासका २० जना प्रतियोगी सहभागी थिए ।
कार्यक्रमका प्रमुख अतिथि इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले शारीरिक रूपले खेलिने खेलसँगै मानसिक रूपमासमेत खेलिने खेल महत्वपूर्ण हुने बताए ।
उनले उक्त प्रतियोगिता पृथक भएको र यसलाई निरन्तरता दिनुपर्ने बताए । जेसीजकी अध्यक्ष रीता भुसालको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।












Discussion about this post