झापा : झापाको बिर्तामोड नगरपालिका २ स्थित पूर्व पश्चिम लोकमार्गमा ना ३ ख ४३६४ नम्बरको ट्रकले मे १० प ६०१७ नम्बरको स्कुटरलाई ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक झापाको शिवसताक्षी नगरपालिका ७ की २२ वर्षीया रोजी कटुवाल रहेकी छन् ।
उनको उपचारको क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न रहेका ट्रक चालक झापा अर्जुनधारा का ५२ वर्षीय राजकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्रकलाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post