Sunday, August 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका सडक व्यापारीहरूको कब्जामा, फुटपाथ ‘क्लियर’ गर्न मेयर निस्किए सडकमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ४, २०८१
in टाकुरा विशेष, समाचार
0
इटहरीका सडक व्यापारीहरूको कब्जामा, फुटपाथ ‘क्लियर’ गर्न मेयर निस्किए सडकमा
127
SHARES
Share on FacebookShare on Twitter

इटहरी : फुटपाथ ‘क्लियर’ गर्न इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले निर्देशन दिएका छन् ।

पछिल्लो समयमा अव्यवस्थित सवारी पार्किङ, निर्माण सामाग्री सडकमा थुपार्ने, ठूला व्यापारिक महलबाटै सडक पार्किङले इटहरी अस्तव्यस्त हुन थालेको भन्दै ‘क्लियर’ गर्न निर्देशन दिएका हुन् ।

अहिले इटहरी चौकको मुख्य राजमार्गदेखि पूर्व तथा पश्चिम लाइनका सडकहरू व्यापारीहरूले कब्जा गरिरहेको मेयर पौडेलको दाबी छ ।

निजी गाडी तथा व्यापारिक सवारी साधनले सडक कब्जा गरेको भन्दै तत्काल फुटपाथ खाली गर्ने अभियानमा लागिएको उनले बताए । मंगलबार आफैँ फुटपाथ ‘क्लियर’ गराउँदै सडकमा निस्किएर पौडेलले निरन्तर अभियानमा लाग्ने बताए ।

‘सडकहरू कब्जा नै जस्तो भएको छ । यात्रुहरू हिड्नसम्म ठाँउ छैन,’ उनले भने, ‘बारम्बार सडकमा सामाग्री बेच्न नपाइने भनिएपनि अटेर गर्नेहरूलाई फुटपाथको सामाग्री नियन्त्रणमा लिएका छौँ ।’

फुटपाथको कारण दुर्घटनासमेत बढेको भन्दै तत्काल हटाउन उनले निर्देशन दिए ।

व्यापारीसँगै सटरवालालेसमेत सडक पेटी नै ढाक्नेगरी बाहिर सामान बेच्न राखेपछि पैदल यात्रुलाई समस्या भएको गुनासो बढेकोले आफू अनुगमनमा निस्किएको मेयर पौडेलले बताए ।

उपमहानगरले नगर प्रहरीसहित ट्राफिक प्रहरी, नेपाल प्रहरी र उद्योगी व्यवसायीसहितको समन्वयमा सडक ‘क्लियर’ गर्ने अभियानमा लागेको जनाएको छ ।

पूर्वकै एक प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै आएको इटहरीको बजार अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

खासगरी इटहरीको मुख्य चौक तथा आसपासमा हिँड्नसमेत सास्ती हुने गरेको छ । पछिल्लो समयमा अव्यवस्थित सवारी पार्किङ, निर्माण सामाग्री सडकमा थुपार्ने, व्यापारीहरूले सडकमै सामाग्री पर्दशन गर्दा सहर क्षेत्र कुरुप बन्दै गएको छ ।

पछिल्लो समयमा बढ्दो सवारी साधनको चाप, सडक क्षेत्रमा आवासीय क्षेत्रको विकास, पैदल यात्रु हिँड्ने छुट्टै व्यवस्था नहुनु, साइकल लेन नहुनु र जनसंख्याको उच्च वृद्धिका कारण इटहरी सडक पैदलयात्रुका लागि बढी जोखिमपूर्ण बन्दै गएको हो ।

यता नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका एसपी विनोद घिमिरेले पैदल यात्री हिँड्ने सडक पेटी कब्जा गर्न नदिनेबारे आफूहरू सचेत रहेको बताए ।

मुख्य बजार क्षेत्रमा सडकमा फुटपाथ पसल राख्दा दुर्घटनाको जोखिम हुने भएकाले हटाइने उनको भनाइ छ । इटहरीसहित प्रदेशका बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन थप सुधार गरिने उनले जनाए ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाटाकुरा विशेषहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८३
0

विराटनगर : विराटनगरमा चोरी गर्न घरभित्र प्रवेश गरेका एक पुरुषको तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु
समाचार

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८३
0

मोरङ : मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते...

पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा छुट्टाछुट्टै कारबाहीमा ६ जना पक्राउ, १२.७३ ग्राम ब्राउनसुगर बरामद

भदौ १३, २०८३
खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

भदौ १४, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

भदौ १४, २०८३
पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.