टाकुरा न्युज
Friday, July 11, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका सडक व्यापारीहरूको कब्जामा, फुटपाथ ‘क्लियर’ गर्न मेयर निस्किए सडकमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : मंसिर ४, २०८१
0
इटहरीका सडक व्यापारीहरूको कब्जामा, फुटपाथ ‘क्लियर’ गर्न मेयर निस्किए सडकमा
122
SHARES
Share on FacebookShare on Twitter

इटहरी : फुटपाथ ‘क्लियर’ गर्न इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले निर्देशन दिएका छन् ।

पछिल्लो समयमा अव्यवस्थित सवारी पार्किङ, निर्माण सामाग्री सडकमा थुपार्ने, ठूला व्यापारिक महलबाटै सडक पार्किङले इटहरी अस्तव्यस्त हुन थालेको भन्दै ‘क्लियर’ गर्न निर्देशन दिएका हुन् ।

अहिले इटहरी चौकको मुख्य राजमार्गदेखि पूर्व तथा पश्चिम लाइनका सडकहरू व्यापारीहरूले कब्जा गरिरहेको मेयर पौडेलको दाबी छ ।

निजी गाडी तथा व्यापारिक सवारी साधनले सडक कब्जा गरेको भन्दै तत्काल फुटपाथ खाली गर्ने अभियानमा लागिएको उनले बताए । मंगलबार आफैँ फुटपाथ ‘क्लियर’ गराउँदै सडकमा निस्किएर पौडेलले निरन्तर अभियानमा लाग्ने बताए ।

‘सडकहरू कब्जा नै जस्तो भएको छ । यात्रुहरू हिड्नसम्म ठाँउ छैन,’ उनले भने, ‘बारम्बार सडकमा सामाग्री बेच्न नपाइने भनिएपनि अटेर गर्नेहरूलाई फुटपाथको सामाग्री नियन्त्रणमा लिएका छौँ ।’

फुटपाथको कारण दुर्घटनासमेत बढेको भन्दै तत्काल हटाउन उनले निर्देशन दिए ।

व्यापारीसँगै सटरवालालेसमेत सडक पेटी नै ढाक्नेगरी बाहिर सामान बेच्न राखेपछि पैदल यात्रुलाई समस्या भएको गुनासो बढेकोले आफू अनुगमनमा निस्किएको मेयर पौडेलले बताए ।

उपमहानगरले नगर प्रहरीसहित ट्राफिक प्रहरी, नेपाल प्रहरी र उद्योगी व्यवसायीसहितको समन्वयमा सडक ‘क्लियर’ गर्ने अभियानमा लागेको जनाएको छ ।

पूर्वकै एक प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै आएको इटहरीको बजार अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

खासगरी इटहरीको मुख्य चौक तथा आसपासमा हिँड्नसमेत सास्ती हुने गरेको छ । पछिल्लो समयमा अव्यवस्थित सवारी पार्किङ, निर्माण सामाग्री सडकमा थुपार्ने, व्यापारीहरूले सडकमै सामाग्री पर्दशन गर्दा सहर क्षेत्र कुरुप बन्दै गएको छ ।

पछिल्लो समयमा बढ्दो सवारी साधनको चाप, सडक क्षेत्रमा आवासीय क्षेत्रको विकास, पैदल यात्रु हिँड्ने छुट्टै व्यवस्था नहुनु, साइकल लेन नहुनु र जनसंख्याको उच्च वृद्धिका कारण इटहरी सडक पैदलयात्रुका लागि बढी जोखिमपूर्ण बन्दै गएको हो ।

यता नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका एसपी विनोद घिमिरेले पैदल यात्री हिँड्ने सडक पेटी कब्जा गर्न नदिनेबारे आफूहरू सचेत रहेको बताए ।

मुख्य बजार क्षेत्रमा सडकमा फुटपाथ पसल राख्दा दुर्घटनाको जोखिम हुने भएकाले हटाइने उनको भनाइ छ । इटहरीसहित प्रदेशका बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन थप सुधार गरिने उनले जनाए ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाटाकुरा विशेषहेमकर्ण पौडेल

Related Posts

मोरङको ग्रामथानमा आज रातिदेखि प्रवेश गर्न नपाइने
FEATURE BREAKING

ग्रामथान गाउँपालिका अध्यक्षद्वारा दुई वडाध्यक्ष गाउँसभा बैठकबाट निष्कासित

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार २७, २०८२
0

इटहरी : मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले दुईजना वडाध्यक्षलाई अनुशासन उल्लंघनको आरोपमा सात दिनका लागि निष्कासित गरेका छन्। वडा...

उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत
FEATURE BREAKING

उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार २७, २०८२
0

इटहरी : उद्योग वाणिज्य संघ इटहरीमा असन्तुष्टि चुलिएको छ । संघभित्रको करसम्बन्धी निर्णय प्रक्रिया र कार्यशैलीप्रति असहमति जनाउँदै ९ जना...

तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

प्रकाशित मिति : असार २७, २०८२
भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

प्रकाशित मिति : असार २७, २०८२
खोटाङमा चन्दा सङ्कलन गरेर प्रहरी चौकी निर्माण

खोटाङमा चन्दा सङ्कलन गरेर प्रहरी चौकी निर्माण

प्रकाशित मिति : असार २७, २०८२
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

पर्याप्त पानी नपर्दा धान रोप्न नपाएर किसान चिन्तित

प्रकाशित मिति : असार २७, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङको ग्रामथानमा आज रातिदेखि प्रवेश गर्न नपाइने

ग्रामथान गाउँपालिका अध्यक्षद्वारा दुई वडाध्यक्ष गाउँसभा बैठकबाट निष्कासित

प्रकाशित मिति : असार २७, २०८२
उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत

उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत

प्रकाशित मिति : असार २७, २०८२
तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

प्रकाशित मिति : असार २७, २०८२
भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

प्रकाशित मिति : असार २७, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    1079 shares
    Share 432 Tweet 270
  • धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य

    770 shares
    Share 308 Tweet 193
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    767 shares
    Share 307 Tweet 192
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    749 shares
    Share 300 Tweet 187
  • सुनसरीमा धार्मिक विद्वेष फैलाउने भिडियो टिकटकमा पोष्ट गर्ने युवक प्रहरी नियन्त्रणमा

    581 shares
    Share 232 Tweet 145
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana