झापा : लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
पाचँथरको फालेलुङ गाउँपालिका ६ का २४ वर्षीय वसन्त राईलाई ८ ग्राम लागूऔषध ब्राउनसुगरसहित झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट नियन्त्रणमा लिएको हो ।
यसैगरी मे ९ प ९०३७ नम्बरको मोटरसाइकलका चालक झापा गाउँपलिका ५ का २६ वर्षीय देबेन्द्र चौधरी र मोटरसाइकल पछाडि सवार बिर्तामोड नगरपालिका ५ का ३५ वर्षीय सुरेश श्रेष्ठलाई १ ग्राम लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।
लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका तिनैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post