Tuesday, September 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

हिसान सुनसरीको भलिबल प्रतियोगितामा विश्व आदर्श र धरान आदर्शलाई उपाधि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १७, २०८१
in खेलकुद, समाचार
0
हिसान सुनसरीको भलिबल प्रतियोगितामा विश्व आदर्श र धरान आदर्शलाई उपाधि
70
SHARES
Share on FacebookShare on Twitter

इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको स्पोर्टस् मिट अन्तर्गत भलिबल प्रतियोगिताको उपाधि छात्रतर्फ इटहरीको विश्व आदर्श र छात्रातर्फ धरान आदर्शले जितेको छ ।

इटहरी २० तरहरास्थित पूर्वाञ्चल कलेजको कोर्टमा सम्पन्न फाइनल खेलमा छात्रतर्फको फाइनलमा विश्व आदर्शले पूर्वाञ्चल कलेजलाई ३–१ को सेटले पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो सेट ३०–२८ ले जितेको विश्व आदर्शले दोस्रो सेट २२–२५ ले हारेको थियो । तेस्रो सेट २८–२६ ले जितेको विश्व आदर्शले चौथो सेटमा २५–२३ को पुनरागमन जीत हात पार्दै उपाधि जितेको हो ।

गत वर्ष पनि विश्व आदर्शले उपाधि चुमेको थियो ।

छात्रातर्फ धरान आदर्शले पूर्वाञ्चल कलेजलाई ३–१ को सेटलेनै पराजित गरेको छ । पहिलो सेट २५–२० ले हारेको धरान आदर्शले त्यसपछि २८–२६, २९–२७ र ३०–२८ को लगातार जीत हात पार्दै उपाधि चुमेको हो ।

फुटबलमा पूर्वाञ्चल र सुष्मा कलेज फाइनलमा

हिसान स्पोर्टस् मिट अन्तर्गत हिसान एन्फा सुनसरी कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको बिहीबार भएको सेमिफाइनल खेलमा विजयी हुँदै सुस्ष्मा कलेज र पूर्वाञ्चल कलेज उपाधि नजिक पुगेका छन् ।

बिहीबारको पहिलो सेमिफाइनल खेलमा पूर्वाञ्चलले प्रिमियर कलेजलाई ४–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

बिहीबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा सुष्मा कलेजले विश्व आदर्शलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । फाइनल खेल शुक्रबार हुने प्रतियोगिता संयोजक एवंम एन्फा सुनसरी महासचिव कोबिदजंग कार्कीले जानकारी दिए ।

क्रिकेटमा विश्व आदर्श फाइनलमा

क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा जीत हात पार्दै विश्व आदर्श कलेज उपाधि नजिक पुगेको छ ।

विश्व आदर्शले पूर्वाञ्चल कलेजलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । बिहीबार हुने भनिएको अर्को सेमिफाइनल खेल स्थगित भएको छ ।

स्मल हेभन कलेज र कस्तुरी कलेजबीच हुने भनिएको सेमिफाइनल खेलमा प्रोटेस्ट परेकाले शुक्रबारसम्मको लागि स्थगित गरिएको छ ।

 

Tags: #खेलकुदहिसान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी
FEATURE BREAKING

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेज इटहरी–२०, तरहराले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बीबीएस चौथो वर्षको परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ।...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०८३
0

धरान : धरान उपमहानगरपालिका–१५ आरालाईनमा बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलबार बिहानको राति करिब १ः०५ बजेतिर...

अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अशोज १३, २०८३
साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

अशोज १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेश सरकारले गर्यो यस्ता निर्णय

अशोज १२, २०८३
कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

अशोज १३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अशोज १३, २०८३
अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अशोज १३, २०८३
साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

अशोज १२, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.