झापा : झापाको कनकाई नगरपालिका १ स्थितमा मोटरसाइकल दुर्घटनामा एक युवकको निधन भएको छ ।
दुर्गापुरबाट खुदुनाबारीतर्फ गइरहेको मे १० प २६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड ५ का २८ वर्षीय सिद्धार्थ साह र पछाडि सवार २४ वर्षीय सुमित साह गम्भीर घाइते भएका थिए ।
दुर्घटनापछि दुवै जनालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो । उपचारको क्रममा सुमितको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post