सुनसरी : सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजा बोकेको स्कारपिओ र एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चिमडी र इलाका प्रहरी कार्यालय हरिनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेको एचआर ७० इ. ९५०२ नम्बरको स्कारपिओ गाडी रोक्न खोज्दा नरोकी भागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
भाग्ने क्रममा देवानगञ्ज ७ स्थितमा अनियन्त्रित भइ सडकभन्दा १० फिट तल झरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले उक्त स्कारपियोबाट १० बोरा गाँजा, सोही स्थान नजिक रहेको चार पोका गाँजा बरामद गरेको छ । बरामद गरेको गाँजा दुई सय ९६ किलो आठ सय ५० ग्राम रहेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीले सो स्थानबाट प्रदेश २–०३–००९ प ०९९७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post