झापा : झापामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–३ का २० वर्षीय सुशील लिम्बू रहेका छन् ।
बुद्वशान्ति गाउँपालिका–१ नमुना बस्तीस्थित दामा खोलामा बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post