इटहरी २० तरहराका विभिन्न ठाउँमा यहाँ रहेको एकता युवा क्लबले डस्बिन राखेको छ ।
क्लबका अध्यक्ष सुरेश गुरुङका अनुसार तरहराका विभिन्न ठाउँमा क्लबले आइतबार डस्बिन राखेको हो ।

फोहोरका कारण अहिले रोगले महामारीको रुप लिएको बताउँदै फोहोर व्यवस्थापन गर्ने उदेश्यले तरहराका विभिन्न क्षेत्रमा १५ वटा डस्बिन राखिएको उनले बताए ।
यसअघि पनि सामाजिक काममा सक्रिय रहेको एकता युवा क्लबले आगामी दिनमा पनि सामाजिक काममा अग्रसर रहने गुरुङको भनाई रहेको थियो ।















Discussion about this post