Wednesday, September 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

मिजासिलो स्वभावका सुन्दरको अस्पताल घुमाउँदा–घुमाउँदै मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ७, २०७७
in टाकुरा विशेष, समाचार
0
मिजासिलो स्वभावका सुन्दरको अस्पताल घुमाउँदा–घुमाउँदै मृत्यु
1.9k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : भोजपुरका सुन्दर श्रेष्ठलाई भाद्र १ गते ज्वरो आएको संकेत देखियो । २ गते भोजपुरको घोरेटार स्वास्थ्य केन्द्रमा परीक्षण गराउँदा जन्डिस भएको रिपोर्ट आयो ।

त्यहाँबाट अलिक सुविधा सम्पन्न अस्पतालमा लैजानका लागि स्वास्थ्यकर्मीको सुझाव अनुसार परिवारजनले भोजपुर जिल्ला अस्पताल लगे ।

तर, भोजपुर अस्पतालले सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजान सुझाव दिएपछि परिवारजनमा पीर बढ्यो । पीर सँगै बिरामी निको हुनेमा विश्वास पनि थियो । भाद्र ४ गते साँझ धरानस्थित वीपी प्रतिष्ठानमा ल्याएर बिरामीको उपचार गर्न सुरु गरियो ।

तर, राती १० बजे डाक्टरले आइसियु खाली नभएको र बिरामीलाई अन्यत्र नै रिफर गर्नुपर्ने सुनाएपछि परिवारजन झस्किए ।

परिवारजनले टाकुरालाई दिएको जानकारी अनुसार वीपी प्रतिष्ठानमा भनसुन भएमात्र आइसियु खाली हुने बताएसँगै परिवारजनमा झनै तनाव बढ्यो ।

विराटनगरका सबैजसो अस्पतालमा फोन सम्पर्क गरिएपनि सबै अस्पतालले आइसियु खाली नभएको जानकारी गराएपछि कोशी अस्पताल विराटनगरमा कार्यरत एकजना नर्सको समन्वयमा विराटनगरको महेन्द्रचौकमा रहेको म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा आइसियु खाली रहेको बुझिएपछि उपचारका लागि लगियो ।

राती साढे १२ बजे वीपी प्रतिष्ठानबाट एम्बुलेन्समा राखेर म्याक्स हस्पिटल लगिएपनि जटिल बिरामीलाई भर्ना गर्न नमिल्ने भन्दै फकाईदिएको परिवारजनले गुनासो गरेका छन् ।

विराटनगरको कोशी, न्यूरो लगायतका अस्पतालमा पुर्याईएपनि ती अस्पतालले पनि भर्ना गर्न नमानेपछि राती १ः३० बजे, ग्रिन क्रसमा भेन्टिलेटर खाली भएको बुझिएपछि उक्त अस्पताल लगियो । तर, त्यहाँ पनि जटिल बिरामीलाई भर्ना नलिने भन्दै अस्पतालले फकाईदियो ।

भर्ना गर्नका लागि बारम्बार अपिल गरिएपनि आँफूहरुले भर्ना गर्न नमिल्ने भन्दै अस्पताल प्रशासनले बताएपछि सोही राती बिरामीको मृत्यु भयो ।

श्रेष्ठ भोजपुरको घोरेटारमा हार्डवेयर पसल गर्दै आएका थिए । अचानक ज्वरो आएर स्वास्थ्य जाँच गर्दा जण्डिस देखिएपछि उपचारका लागि विभिन्न अस्पताल घुमाउँदा–घुमाउँदै मृत्यु भएपछि अहिले परिवारजन विक्षिप्त बनेका छन् ।

अहिले कोभिड १९ का कारण अस्पतालले बिरामी भर्ना गर्न नमान्नु र बिरामीको उपचार गर्न नमान्दा अकालमै ज्यान जाने गरेका उदाहरण प्रसस्त छन् ।

पीडित परिवारले टाकुरासँग भने, ‘धरानको वीपी प्रतिष्ठानले त अत्यन्तै घृणित र अमानवीय व्यवहार गर्यो, कोही पनि मानिस रहरले अस्पताल गएको हुँदैन ।’

मिजासिलो स्वभावका श्रेष्ठ ४४ बर्षीय रहेको परिवारजनले बताएका छन् । उनका तीन छोरीहरु रहेका छन् ।

Tags: #death
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा
समाचार

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

by माधव पोख्रेल
अशोज ७, २०८३
0

उदयपुर : उदयपुरमा विगतमा दर्ता भएका विभिन्न प्रकारका घरेलु उद्योगहरु सञ्चालनमा नआउँदा स्थानीय रोजगारी गुमेको छ । नयाँ उद्योग स्थापना...

इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार
FEATURE BREAKING

इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

by मनाेज अधिकारी
अशोज ७, २०८३
0

इटहरी : इटहरीमा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–धरान सडकखण्डअन्तर्गत चारकोसे जंगलको...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ

अशोज ६, २०८३
विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

पाैने दुई क्वीन्टल गाँजासहित एकजना पक्राउ

अशोज ६, २०८३
आज अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस

प्रतिबन्धित लागू औषधसहित १ थान मोटरसाईकल बरामद

अशोज ६, २०८३
उदयपुरमा एम्बुलेन्सको भाडादर निर्धारण, कहाँकाे भाडा कति ?

उदयपुरमा एम्बुलेन्सको भाडादर निर्धारण, कहाँकाे भाडा कति ?

अशोज ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

अशोज ७, २०८३
इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

अशोज ७, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ

अशोज ६, २०८३
विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

पाैने दुई क्वीन्टल गाँजासहित एकजना पक्राउ

अशोज ६, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.