संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिका ५ बाह्रबिसेस्थित भरुवा बन्दुकले लागेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय ३२ वर्षीय तुफान लिम्बू, २८ वर्षीय चन्द्रमान लिम्बू र २५ वर्षीय कुमार लिम्बू बाँदर खेदाउन गएकोमा अचानक चिप्लिएर लड्दा तुफान लिम्बूले बोकेको भरुवा बन्दुक पड्किएर कुमार लिम्बूको कम्मर भन्दा मुनिको भागमा लागेको थियो ।
कुमारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न दुवै जनालाई इलाका प्रहरी कार्यालय वानाले नियन्त्रणाम लिएर थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post