Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

उत्तर-दक्षिण कोशी राजमार्ग : खाँदबारी-नुमखण्डमा ७५ प्रतिशत भौतिक प्रगति

रासस by रासस
जेष्ठ १९, २०८३
in विविध, समाचार
0
समपूरक अनुदान : झापासहित कोसीका सात सडकको स्तरोन्नति
59
SHARES
Share on FacebookShare on Twitter

सङ्खुवासभा : नेपाल, भारत र चीन जोड्ने राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-नुम सडकखण्डमा कामले तीव्रता पाएको छ । सदरमुकाम खाँदबारीबाट नुमसम्मको ३९ किलोमिटर सडकले गति लिएको हो।

खाँदबारीबाट नुमसम्मको ३९ किमी सडकको ७५ प्रतिशत भौतिक प्रगति र ८० दशमलव ७१ प्रतिशत वित्तिय प्रगति भइसकेको उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालयका प्रमुख रामबहादर गुरुङले जानकारी दिए ।

उनका अनुसार सडक कालोपत्रका लागि हालसम्म रु एक अर्ब २५ करोड ८० लाख पाँच हजार खर्च भइसकेको छ।

पहिलो चरणअन्तर्गत १४ किमी सडक कालोपत्र थालिएकामा ९७ प्रतिशत भौतिक प्रगति भएको सडक कार्यालयले जनाएको छ।

दोस्रो चरणको १२ किमी सडकको ८४ प्रतिशत काम सम्पन्न भएको छ भने तेस्रो चरणमा हालसम्म ६२ प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनी शर्मा/शिवशक्ति जेभिका प्रमुख इञ्जिनियर वैभव पाण्डेले बताए। उनका अनुसार रु एक अर्ब ५५ करोड ८६ लाख ७७ हजार ९७५ मा तीन वटै चरणको ठेक्का लिइएको हो।

जेभिले २०८० पुस १७ मा सम्पन्न गर्नेगरी २०७८ असार १७ गते आयोजना सम्झौता गरेको थियो । उक्त समयसम्म सन्तोषजनक प्रगति नभएपछि २०८० असार १४ गतेसम्मका लागि पहिलो पटक म्याद थपिएको थियो ।

म्याद थप गरिएपनि शिवशक्तिले काम नगरेपछि आयोजना कार्यालयले स्पष्टीकरण सोधी धरौटी रकमसमेत जफत गरेको थियो । उक्त कम्पनीले हालसम्म तीन पटक म्याद थप गरिसकेको छ ।

जोगवनी-किमाथाङ्का खण्डले उत्तरी क्षेत्रको नाका जोडियो

सदरमुकाम खाँदबारीबाट नुमसम्मको ३९ किमी सडक तीव्र गतिमा कालोपत्र भइरहेको छ। कोशी राजमार्गअन्तर्गत मोरङको जोगवनीबाट चीनको सीमासम्म किमाथाङ्का जोड्ने ३५७ किलोमिटर सडकको ट्रयाक खोल्न काम सम्पन्न भएको छ।

चीन सीमासँग जोडिएको किमाथाङ्का क्षेत्रमा सडक पुगेपछि पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा सीमावर्ती क्षेत्रको विकासमा नयाँ सम्भावना देखिएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए।

दशकौँदेखि दुर्गम हिमाली बस्तीमा सीमित रहेको किमाथाङ्का अब राष्ट्रिय सडक सञ्जालसँग प्रत्यक्ष जोडिएसँगै गाउँमा विकास आइपुगेको उनको भनाइ छ।

कोशी प्रदेशको आर्थिक समृद्धिमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वाससहित यस सडकलाई उत्तर–दक्षिण रणनीतिक महत्वको मार्गका रूपमा हेरिएको अध्यक्ष भोटेले बताए ।

“खाँदबारीबाट वरुण नदीभन्दा माथिल्लो क्षेत्र अझै जोखिमपूर्ण र अप्ठ्यारो छ। उक्त क्षेत्रमा पनि सडक स्तरोन्नति भइरहेको छ । सबैभन्दा चुनौतीपूर्ण खण्ड मानिएको भोटखोला गाउँपालिका क्षेत्रमा नेपाली सेनाले च्याम्ताङबाट घोङ्घोप्पासम्म सडक निर्माण गरेको थियो”, उनले भने।

अध्यक्ष भोटेका अनुसार गत वैशाख २८ गते सेनाले उक्त सडकअन्तर्गत १० दशमलव ८१ किमी आयोजना कार्यालयलाई हस्तान्तरण गरिसकेको छ ।

सडक हस्तान्तरण भएसँगै यही जेठ १ गते खाद्यान्न बोकेका तीन वटा ट्याक्टर पहिलो पटक किमाथाङ्का नाकामा पुगेका हुन् ।

भोटखोलाको च्याम्ताङबाट घोङ्घोप्पाको कडा चट्टान भएको भीर छिचोलिएपछि जिल्ला सदरमुकाम खाादबारीबाट हिँडेको सवारी पहिलो पटक किमाथाङ्कामा पुगेका उनले जानकारी दिए।

Tags: #राससकोशी राजमार्गसङ्खुवासभा
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु
FEATURE BREAKING

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०८३
0

उदयपुर । पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण सुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण...

आजको राशिफल – भाद्र २१ गते आइतबार
धर्म/संस्कृति

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

by ज्यो. पं. सम्राट् गाैतम
भदौ २६, २०८३
0

२०८३ भदौ २६ गते शुक्रबार, सोही अनुसार ११ सेप्टेम्बर २०२६ । श्रीशाके १९४८, नेपाल संवत् ११४६ गुँलागा, दक्षिणायन, वर्षा ऋतु,...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    340 shares
    Share 136 Tweet 85
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.