झापा : झापामा खुकुरी प्रहारी गरी श्रीमतीको हत्या गर्ने श्रीमान लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको कनकाई नगरपालिका-२ सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले उनकै श्रीमती ३४ वर्षीया पूजा हेमरनलाई आपसी वादविवादको क्रममा धारिलो हतियार खुकरीले घाँटी काटेर हत्या गरेका हुन् ।
घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले कविराजलाई नियन्त्रणमा लिएको छ।
शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । के कारण हत्या गरेको भन्नेबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post