Friday, May 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झापामा विचरण गर्दै आएका रैथाने जङ्गली हात्तीको नामकरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २९, २०८२
in विविध, समाचार
0
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

सांकेतिक तस्विर ।

67
SHARES
Share on FacebookShare on Twitter

झापा : झापा जिल्लाभित्र विचरण गर्दै आएका रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरुको नामकरण गरिएको छ ।

मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले जङ्गली हात्तीका बारेमा एक दशक लामो अध्ययन गरेपछि व्यवहार र स्वरुपका आधारमा नाम दिएका हुन् ।

‘झापाका रैथाने हात्तीहरू’ नामक पुस्तिकामार्फत हात्तीका नामहरू सार्वजनिक गरिएको छ ।

स्थानीय जङ्गललाई वासस्थान बनाउँदै आएका यी रैथाने हात्तीहरु पूर्वी नेपालको झापादेखि पश्चिममा उदयपुर र पूर्वमा भारतको आसामसम्म ओहोरदोहोर गर्दै आएको मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले बताए ।

पहेँलो दाह्रा भएको र दुवै आँखाको दृष्टि गुमाएको अन्दाजी ४५ वर्षको भाले हात्तीको नाम ‘आँखा हात्ती’ राखिएको छ ।

मानव बस्तीमा हिँड्दा शान्त स्वभाव देखाउने र एक्लै विचरण गर्न रुचाउने यो हात्तीलाई गाउँलेले ‘अन्धा हात्ती’ पनि भन्ने गर्दथे । ‘अन्धा’ शब्द प्रयोग नहोस् भनेर ‘आँखा हात्ती’ नामकरण गरिएको वडाध्यक्ष कार्कीले बताए ।

नेपाल–भारत सीमा क्षेत्रमा देखा परिरहने र झापाका विभिन्न सामुदायिक बनमा एक्लै डुल्ने लामो र मोटो दुई दाह्रा भएको अर्को वयस्क हात्तीको नाम ‘ठूलो दाह्रे’ राखिएको छ ।

मझौला दाह्रा र चञ्चले स्वभाव भएको १२ वर्ष उमेरको हात्तीको नाम ‘चुलबुल गज’ र दाह्राविपरीत दिशामा बाहिरतिर फैलिएको अन्दाजी ५५ वर्षको अर्को हात्तीको नाम ‘घुमन्ते राजगज’ राखिएको छ ।

अन्य हात्तीहरुको नाम मुलादन्ते, घुमन्ते गज, ढिकीच्याउँ दाह्रे, ठुटे, प्रसाद गज र एक दाह्रे सानो गज राखिएको छ । भारतबाट नेपालतिर हात्ती प्रवेश गर्ने विभिन्न नाकामध्येको प्रसाद गौडाबाट मात्र हिँड्ने स्वभाव भएका कारण एउटा हात्तीको नाम ‘प्रसाद गज’ राखिएको हो ।

मुलादन्ते हात्तीको दाह्रा मुलाजस्तो आकारको छ भने ढिकीच्याउँ हात्तीको दुईवटा दाह्रा तल र माथितिर फैलिएको छ ।

विगत आधा शताब्दीदेखि मानव–हात्ती द्वन्द्व भोग्दै आएको बाहुनडाँगीमा संरक्षणकर्मीको रुपमा लुइँटेलले जङ्गली हात्तीको आनीबानी र शारीरिक बनावटको गहिरो अध्ययन गर्नुभएको कार्कीले बताए ।

कुन हात्ती कस्तो छ भनेर चिन्न र त्यहीअनुसार हात्तीमैत्री असल व्यवहार गर्न सहयोग पुगोस् भनेर रैथाने हात्तीको नामकरण गरिएको उनको भनाई छ । नेपालमा पाइने रैथाने हात्तीहरु एसियाली हात्तीको भारतीय उपप्रजातिअन्तर्गत पर्दछन् ।

“उहाँ यहाँ डुल्ने हरेक रैथाने हात्तीलाई टाढैबाट चिन्नुहुन्छ”, हात्तीको नामकरण गरेका संरक्षणकर्मी शङ्कर लुइँटेलका बारेमा वडाध्यक्ष कार्कीले भने, “उहाँ हात्तीको आनीबानी र रुपसँग परिचित हुनुहुन्छ । उहाँलाई पनि हात्तीले चिन्छन् ।”

Tags: #झापा#रासस#हात्तीनामकरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान
विविध

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

by रासस
बैशाख १८, २०८३
0

झापा : मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । कार्यालयको...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
समाचार

लागूऔषधसहित पाँच जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १८, २०८३
0

विराटनगर : झापा, सुनसरी र इलामबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागूऔषध नियन्त्रण व्यूरो...

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

बैशाख १८, २०८३
तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

बैशाख १८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा : हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा

बैशाख १८, २०८३
सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

बैशाख १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

बैशाख १८, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

लागूऔषधसहित पाँच जना पक्राउ

बैशाख १८, २०८३
मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

बैशाख १८, २०८३
तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

बैशाख १८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1523 shares
    Share 609 Tweet 381
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.