झापा : झापामा नहरको ढोकामा एक पुरुष मृत भेटिएका छन् ।
जिल्लाको मेचीनगर नगरपालिका–१ सुनारे टोलस्थित सिँचाइ नहरको ढोकामा इलामको रोङ गाउँपालिका–६ बस्ने ५६ वर्षीय भगिरथ तामाङ मृत भेटिएका हुन् ।
उनलाई शनिबार सिद्दि खोलाले बगाएर झापाको मेचिनगर–२ भृकुटीस्थित सिँचाइ नहरमा पुर्याएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post