मंगलबार साँझ बजारबाट घर जादैँ गर्दा दुईजना युवाले पछ्याउँदै लखेटेर एक किशोरीलाई बलात्कार गरेका छन् ।
झापाको अर्जुनधारा नगरपालिकाको टाङटिङ खोलामा गएराती एक किशोरी बलात्कृत भएकी हुन् ।
शनिश्चरे बजारबाट खुदुनाबारी घर जादैँ गर्दा धाक धम्की दिदैँ दुई युवाले एक किशोरीलाई बलात्कार गरेका हुन् ।
किशोरीलाई विरिङ पुलबाट पछ्याउँदै गएका दुई युवाले टाङटिङ खोलाको किनारमा रहेको जंगलमा जबरजस्ती बलात्कार गरेको प्रहरीले जनाएको छ । अर्जुनधारा १ र ४ मा पर्ने मदनपुरस्थित विरिङ जलाधार क्षेत्रमा रहेको नर्सरीमा धाकधम्की दिएर किशोरीमाथि जबरजस्ती करणी गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको टोलीले अर्जुनधारा ७ मा बस्दै आएका गौरादह नगरपालिका घर भएका २२ वर्षीय अशोक दर्जी र कमल गाउँपालिका घर भएका २४ वर्षीय विक्रम हास्दालाई पक्राउ गरेको हो ।
पीडित किशोरीको भनाईका आधारमा प्रहरीले बाटोमा फर्किंदै गरेको अवस्थामा आरोपित दुई युवालाई पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालका अनुसार पक्राउ परेका युवालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।














Discussion about this post