झापा : झापामा हात्तीबाट अन्नबाली जोगाउनलाई थापिएको विद्युतीय धरापमा परेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका–७ बैगुनबारीका ६५ वर्षीय किर्खनाथ खनाल रहेका छन् । उनको बुधबार बिहान ८ः३० बजेतिर मृत्यु भएको हो ।
हात्तीले बालीमा क्षति नगरोस् भनेर खनाल आफैंले बारीमा तारबार गरेर करेन्ट प्रवाह गरेको पाइएको छ ।
तारबारमा प्रवाह गरेको करेन्ट लागेर खनालको घटनास्थलमै मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post