इटहरी : सुनसरीको रामधुनी नगरपालिकामा सोमबार बिहान भएको एक घटनाले चोरी, आत्मरक्षा र कानुनी सीमाबारे गम्भीर बहस सुरु गराएको छ।
खसी चोरीको प्रयासमा संलग्न भनिएका व्यक्तिलाई घरधनीले खुकुरी प्रहार गर्दा ज्यान गएपछि स्थानीयस्तरमा सामाजिक र कानुनी दृष्टिकोणबाट घटना मूल्यांकनको माग उठ्न थालेको छ।
रामधुनी–२ शिवनगरका सन्तोष चौधरीको घरबाट खसी र पाठो चोरी गर्न खोज्ने क्रममा रामधुनी–४ लालपुरका ४२ वर्षीय राकेश चौधरी घाइते भएका थिए।
घरधनीले बिहान करिब २ः३० बजेतिर चोरी भइरहेको थाहा पाएपछि होहल्ला गरेका थिए। त्यसपछि भागेका राकेशलाई खेदाउँदै चौधरीले खुकुरी प्रहार गर्दा उनको नाडीमा गम्भीर चोट लागेको थियो।
घाइतेलाई सुरुमा झुम्कास्थित साई अस्पतालमा लगिएको थियो र पछि अवस्था गम्भीर भएपछि नोबेल अस्पताल, विराटनगर पठाइएको थियो। तर बिहान ५ः१५ बजे उपचारकै क्रममा मृत्यु भएको सुनसरी प्रहरीले पुष्टि गरेको छ ।
घरधनी सन्तोष चौधरीलाई खुकुरीसहित नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ।



















Discussion about this post