झापा : झापाको कन्काई नगरपालिका–३ स्थित पूर्व–पश्चिम लोकमार्गमा लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाएका सात जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाको संयुक्त टोलीले कनकाई नगर अस्पताल, दमकको प्राविधिक सहयोगमा विशेष चेकजाँच अभियान सञ्चालन गरेको थियो। सो क्रममा यात्रुवाहक तथा निजी सवारी साधनका चालकहरूको स्वास्थ्य परीक्षण र लागूपदार्थ सेवनको परीक्षण गरिएको हो।
जाँचका क्रममा यात्रुवाहक बसका २ जना चालक, २ जना सहचालक, १ जना ईभी गाडी चालक, १ जना टिफर चालक र १ जना मोटरसाइकल चालकले लागूपदार्थ सेवन गरी सवारी सञ्चालन गरिरहेको फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सातै जना चालकलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।














Discussion about this post