इटहरी : असार १० गतेसम्म आगामी आर्थिक वर्ष २०८२।८३ का लागि बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सुनसरीका १२ वटा स्थानीय तहमध्ये ११ स्थानीय तहले बजेट सार्वजनिक गरेका छन्।
धरान उपमहानगरले भने आन्तरिक विवादकै कारण बजेट ल्याउन असफल भएको छ।
इटहरी उपमहानगरपालिकाले चालु वर्षको तुलनामा एक अर्ब रुपैयाँ घटाएर २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको छ।
यता, बराहक्षेत्रले १ अर्ब ६ लाख, रामधुनीले ८३ करोड, इनरुवाले ७९ करोड, दुहबीले ९३ करोड, भोक्राहाले ६० करोड, कोशीले ६० करोड, हरिनगरले ५८ करोड, बर्जुले ५९ करोड, गढीले ५७ करोड र देवानगञ्जले ५३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
धरान भने मेयर र उपमेयरबीचको विवादले नगरसभा नै बस्न नसकेपछि बजेट तर्जुमा गर्न सकेन। बहुभाषिक विद्यालयमा प्रयोग गरिएको जालीको भुक्तानी विवादले कार्यपालिका बैठकसमेत विफल भएपछि बजेट आउन सकेको छैन।
कसले कतिकाे बजेट ल्याए ?
नगरपालिका/गाउँपालिका
बजेट (रु)
इटहरी उपमहानगर
२ अर्ब ५५ करोड २१ लाख
धरान उपमहानगर
(बजेट ल्याउन सकेन)
बराहक्षेत्र नगरपालिका
१ अर्ब ६ लाख
रामधुनी नगरपालिका
८३ करोड १३ लाख
इनरुवा नगरपालिका
७९ करोड ५९ लाख
दुहबी नगरपालिका
९३ करोड ६५ लाख
भोक्राहा नरसिंह गाउँपालिका
६० करोड ३६ लाख
कोशी गाउँपालिका
६० करोड ९ लाख
हरिनगर गाउँपालिका
५८ करोड ५४ लाख
बर्जु गाउँपालिका
५९ करोड १३ लाख
गढी गाउँपालिका
५७ करोड ७० लाख
देवानगञ्ज गाउँपालिका
५३ करोड ७८ लाख














Discussion about this post