Sunday, June 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापामा सामूहिक आक्रमणबाट २२ वर्षीया युवतीको हत्या, पति–पत्नीको विवादले ज्यानै गयो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २५, २०८२
in समाचार
0
झापामा सामूहिक आक्रमणबाट २२ वर्षीया युवतीको हत्या, पति–पत्नीको विवादले ज्यानै गयो

मृतक गंगा राई।

143
SHARES
Share on FacebookShare on Twitter

झापा : झापाको अर्जुनधारा नगरपालिकामा एक युवतीको सामूहिक कुटपिटबाट मृत्यु भएको छ।

श्रीमान् अर्की महिलाको कोठामा गएको थाहा पाएपछि पत्नीले साथीहरू बोलाई सामूहिक आक्रमण गराउँदा २२ वर्षीया युवतीको ज्यान गएको हो।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–४ भाङवारी घर भएकी र अर्जुनधारा–८ शनिश्चरे क्याम्पस नजिक डेरा गरी बस्दै आएकी गंगा राई रहेकी छन्।

इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार घटना मंगलबार राति करिब ११ः३० बजे भएको हो।

भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठे घर भई अर्जुनधारा–८ मा बस्दै आएकी ३२ वर्षीया सुस्मिता भुसालले आफ्ना श्रीमान् रमेश भुसाल गंगाको कोठामा गएको थाहा पाएपछि टोलकै केही महिलालाई बोलाएर आक्रमण गराएकी थिइन्।

भुसालले आफू सँगै बस्ने टोलकी महिलाहरू ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता विक, २४ वर्षीया मेनुका पाँचकोटी र ६० वर्षीया नर्बदा सुनदासलाई बोलाएर गंगाको डेरामा पुगेर आक्रमण गराएकी हुन्। सामूहिक कुटपिटबाट गंगा गम्भीर घाइते भएकी थिइन्।

घाइते गंगालाई सुरुमा शनिश्चरेस्थित शंकर अस्पताल लगिएको थियो।

त्यहाँ प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। तर, बुधबार बिहानको राति १ः२० बजे उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी विजय श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार यो घटना व्यक्तिगत रिसइबी र आन्तरिक पारिवारिक दरारकै कारण भएको देखिएको छ। श्रीमान् रमेश भुसाल र गंगा राईबीच पहिलेदेखि चिनजान रहेको खुलेको भए पनि उनीहरूको सम्बन्धबारे यकिन प्रमाण भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न सुस्मिता भुसाल, उनका पति रमेश भुसाल र आक्रमणमा संलग्न महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले घटनाको सुस्पष्टता ल्याउनका लागि सीसीटीभी फुटेज, मोबाइल कल डिटेल्स, सामाजिक सञ्जाल संवाद लगायत डिजिटल प्रमाण संकलनको काम अगाडि बढाएको छ।

Tags: #झापा#हत्याअपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल
FEATURE BREAKING

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

by टाकुरा न्यूज । इटहरी
असार १४, २०८३
0

इटहरी : शनिबार साँझ कोशी कलेजको सभाहलमा कविता, मौनता र संवेदनाको अद्भुत संगम देखियो। काव्य डबलीले आफ्नो तेस्रो शृङ्खला आयोजना...

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित
विविध

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

by रासस
असार १४, २०८३
0

इलाम : वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट...

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

असार १४, २०८३
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

असार १४, २०८३
इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

असार १४, २०८३
उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

असार १४, २०८३
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    660 shares
    Share 264 Tweet 165
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    397 shares
    Share 159 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.