झापा : झापाको दमक नगरपालिका–३ सङ्गम चोकमा आज (आइतबार) सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
डिपु चोकबाट आम्दातर्फ आउँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले विपरीत दिशातर्फ गइरहेको मे ११ प ५४५३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटीको पछाडि सवार ५६ वर्षीया लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको छ भने स्कुटी चालक ४४ वर्षीया टीका गौतम सामान्य घाइते भएकी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
टिपर चालक विर्तामोड–२ का ४६ वर्षीय तोयानाथ विकलाई नियन्त्रणमा लिइ थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post