Sunday, November 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बजेट अवरोधमा एमालेको आरोप – ‘नगर प्रमुख हेमकर्ण पौडेलकै मनोमानीले बजेट पारित हुन सकेन’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १, २०८२
in समाचार
0
बजेट अवरोधमा एमालेको आरोप – ‘नगर प्रमुख हेमकर्ण पौडेलकै मनोमानीले बजेट पारित हुन सकेन’
95
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आर्थिक वर्ष २०८२।।८३ को बजेट पारित हुन नसक्नुमा इटहरी उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेलकै लापरवाही र असंवेदनशीलताले मुख्य भूमिका खेलेको नेकपा एमाले इटहरीले आरोप लगाएको छ।

एमालेबाट उपप्रमुख रहेकी संगीता कुमारी चौधरीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अनुसूची बिनाको विनियोजन विधेयक पेश गरी बजेटलाई नगर प्रमुख पौडेलले मनोमानी शीर्षकहरूमा खर्च गरी दुरुपयोग गर्ने गरेको उदृत गरिएको छ ।

सोहीकारण महालेखा परीक्षकको प्रतिवेदनमासमेत बेरुजु हुने गरेको देखिएकोले र विनियोजन विधेयक (अनुसूचीसहितको) ल्याउन पटकपटक प्रयत्न र अनुरोध गर्दा पनि शाखा, महाशाखा, वडा शिक्षा लगायतको अनुसूची असार मसान्तसम्म उपलब्ध नगराएकोले अनुसूचीसहितको विनियोजन विधेयक तयार गर्न नसकिएकोले सभामा पेश गर्न असमर्थ रहेको चौधरीले बताइन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार, असार १० गतेभित्र नीति तथा कार्यक्रम नगरसभामा पेश भइसक्नुपर्ने कानुनी व्यवस्था छ। एमालेका अनुसार, बजेट निर्माणका चरणहरू समयमा नै सम्पन्न हुनुपर्नेमा प्रमुख प्रशासकीय अधिकारीको संयोजन र नगर प्रमुखको समन्वयमा त्यसो हुन नसक्दा बजेट नआएको हो ।

उपप्रमुखको संयोजकत्वमा रहेको राजस्व परामर्श समितिले आम्दानी, खर्चसहितको श्रोत प्रक्षेपण तयार पारेर सम्बन्धित समितिमा पठाए पनि नगर प्रमुख पौडेलले समयमै कार्यपालिकाको बैठक आह्वान नगरेका कारण नीति तथा कार्यक्रम हतारमा असार १० गते मात्रै नगरसभामा प्रस्तुत गरिएको थियो।

त्यसपछि पटक–पटक नगरसभा स्थगित गरिएको र अन्ततः असार ३० गते सभा बोलाइए पनि नगर प्रमुख र सभाध्यक्ष अनुपस्थित भएपछि सभा सञ्चालन हुन नसकेको एमालेको दाबी छ।

उपप्रमुख चौधरीले विगतमा अनुसूचीबिनै विनियोजन विधेयक पारित गरी नगर प्रमुखले मनोमानी ढंगले खर्च गरेको र त्यसकै कारण महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु समेत देखिएको उदाहरण प्रस्तुत गरेकी छन्। यसपटक पनि अनुसूची नआएकाले बजेट सभा समक्ष प्रस्तुत गर्न नसकिएको उनी बताउँछिन्।

प्रेस विज्ञप्तिमा उपप्रमुखसहित एमाले पक्षका नगरसभा सदस्यहरू बजेट पास गर्न जिम्मेवार र संवेदनशील रहेको जनाउँदै नगर प्रमुखको तत्परतामा मात्रै बजेट निर्माण सम्भव हुने उल्लेख गरिएको छ।

इटहरी उपमहानगरपालिकामा पछिल्ला वर्षहरूमा बजेट निर्माण र पारित प्रक्रियामा लगातार विवाद हुँदै आएको छ। यसपटक पनि बजेट असहमतिका कारण नगरसभा नै अन्योलमा परेसँगै आज (बिहीबार)देखि बजेटविहीन बनेको छ ।

‘अझै पनि बजेट निर्माण गर्ने कार्यमा हामी जिम्मेवार र संवेदनशिल छौँ । तसर्थ अनुसूचीसहितको बजेट निर्माण गर्ने कार्यमा नगर प्रमुखको तदारुक्ता भए बजेट निर्माण गर्ने कार्यमा हामी प्रतिवद्ध छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः समयमा नै बजेट पास हुन नसकेको प्रति दुःख व्यक्त गर्दै यसको सम्पूर्ण जिम्मेवार नगर प्रमुख नै रहेको व्यहोरा नगरबासीहरूमा जानकारी लागि अनुरोध गर्न चाहन्छौँ ।’

यो पनि – इटहरी उपमहानगरको बजेट पारित हुन सकेन, मेयरको आरोप – ‘एमाले नेताहरूको माग नमानेपछि बजेटबाट बिमुख’

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक १४, २०८३
0

झापा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ साबित्रा चोकमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । ट्रक र...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
समाचार

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८३
0

विराटनगर : कोशी प्रदेशमा नेपालीबाहेकका भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था आगामी कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको...

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३
रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

कार्तिक १३, २०८३
जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

कार्तिक १३, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३
पूर्वी नेपालमा नाट्य पर्यटन

पूर्वी नेपालमा नाट्य पर्यटन

कार्तिक १४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    367 shares
    Share 147 Tweet 92
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.