संखुवासभा : संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।
घटना चिचिला गाउँपालिका–३ स्थित अरुण तेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र भएको हो।
मृत्यु हुनेमा कैलाली जिल्ला घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेल रहेका छन्।
प्रहरीकाअनुसार करेन्ट लागेर गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।














Discussion about this post