Sunday, November 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

वाईसीएलद्वारा सामूहिक श्रमदान : हरियाली र संरक्षणको अभियान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८२
in विविध, समाचार
0
वाईसीएलद्वारा सामूहिक श्रमदान : हरियाली र संरक्षणको अभियान
67
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले साउन १ गतेदेखि देशव्यापी रूपमा सुरु गरेको ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियानले कोशी प्रदेशमा तीव्रता पाएको छ ।

‘क्रान्तिकारी कम्युनिस्ट युवाहरू राष्ट्र निर्माणका अगुवा शक्ति हुन्’ भन्ने सन्देशलाई आत्मसाथ गर्दै वाईसीएलले प्रदेशका विभिन्न जिल्लामा वृक्षारोपण, सरसफाई, सडक मर्मत, र बाँध निर्माण जस्ता सामाजिक कार्यहरूलाई अघि बढाएको छ ।

अभियानको मुख्य उद्देश्य युवाहरूमा श्रम संस्कृतिको विकास गर्ने र उनीहरूलाई उत्पादनसँग जोडेर राष्ट्र निर्माणमा सहभागी गराउनु रहेको जनाइएको छ ।

अभियान अन्तर्गत वाइसीएल नेपाल ताप्लेजुङ जिल्ला समितिले श्रीजङ्घा गाउँपालिकाको मामाङ्खे र पेदाङमा एक हजारभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपेको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाथोकी (पराग) लगायत वाईसीएलका केन्द्रीय तथा जिल्लास्तरीय नेताहरूको उपस्थितिमा सयौँ युवाहरूले वृक्षारोपण कार्यक्रममा सहभागिता जनाएका थिए ।

त्यसैगरी, झापामा पनि वाईसीएलले बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ स्थित बौद्ध दाहसंस्कार व्यवस्थापन समिति चिलिमघाटमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

स्थानीय पार्टी नेता–कार्यकर्तासहित दुई सय जनाभन्दा बढीको सक्रियतामा दुई सय ५० वटा भन्दा बढी बिरूवा रोपिएको छ । कार्यक्रममा पार्टीका जिल्ला संयोजक राजु आचार्य, प्रदेश सदस्य रोशन तिम्सिना लगायतका नेताहरूको उपस्थिति थियो ।

खोटाङमा वाईसीएलले हलेसीको होलेसुङ जनकराज राई मार्गको करिब १३ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र झाडी सफा गर्ने काम गरेको छ । जसले स्थानीयको यातायातमा सहजता ल्याएको छ ।

यसका साथै, हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमस्थित गणेशटार खेलमैदानलाई पहिरोबाट जोगाउन बाँस, निलकाँडा जस्ता पाँच सय भन्दा बढी बिरुवा रोपिएको छ ।

वाईसीएल खोटाङका इन्चार्ज किसन राईले अभियानले युवाहरूलाई श्रमको महत्व बुझाउँदै उत्पादनशील कार्यमा संलग्न गराउने लक्ष्य राखेको बताए ।

श्रमदान तीन दिनसम्म चलेको थियो ।

उदयपुरमा वाईसीएलले अभियानलाई थप व्यवस्थित बनाउँदै हरेक शनिबारलाई ‘श्रमबार’ का रूपमा मनाउने निर्णय गरेको छ । जिल्लाले विभिन्न स्थानमा बृहत् सरसफाइ र वृक्षारोपण कार्यक्रमहरू सम्पन्न गरेको छ ।

जसमा त्रियुगा नगरपालिकास्थित बैथुम्की डाँडा हिल स्टेसन, चुरे मन्दिर परिसर र मैनाहा क्षेत्र समावेश छन् । सबैभन्दा महत्वपूर्ण कार्यका रूपमा त्रियुगा–१ स्थित मैनाहा खोलामा बाँध निर्माण गरिएको छ ।

बर्सेनि बाढीले जनधनको क्षति गर्ने उक्त खोलामा बाँध निर्माण भएपछि स्थानीयलाई ठूलो राहत मिलेको छ । बाँध निर्माणमा वाईसीएलका निवर्तमान केन्द्रीय उप–महासचिव एबिराज राईलगायत दुई सय भन्दा बढी युवाहरूको सहभागिता थियो ।

पाँचथर जिल्लामा वाईसीएलले अभियानको औपचारिक उद्घाटन अघिदेखि नै श्रम सम्बन्धी कार्यहरू गर्दै आएको छ ।

यस वर्ष मात्रै स्कुल तथा गुम्बा सरसफाई, किसानलाई धान रोप्न सहयोग, वृक्षारोपण, खेलमैदान मर्मतजस्ता दर्जनौं कार्यक्रमहरू सम्पन्न गरिसकेको छ ।

Tags: माओवादीमाओवादी केन्द्रवाईसीएलश्रमदान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक १४, २०८३
0

झापा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ साबित्रा चोकमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । ट्रक र...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
समाचार

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८३
0

विराटनगर : कोशी प्रदेशमा नेपालीबाहेकका भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था आगामी कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको...

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३
रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

कार्तिक १३, २०८३
जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

कार्तिक १३, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३
पूर्वी नेपालमा नाट्य पर्यटन

पूर्वी नेपालमा नाट्य पर्यटन

कार्तिक १४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    367 shares
    Share 147 Tweet 92
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.