उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–६ कुमारीचोकस्थित सगरमाथा राजमार्गमा स्कुटर दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
देउरीबाट गाईघाटतर्फ जाँदै गरेको स ५ प ७० नं. १२५ नम्बरको स्कुटर दुर्घटना भएको हो ।
स्कुटरमा पछाडि सवार ५८ वर्षीया पत्नी गंगिया देवी साह अचानक खसेपछि टाउको, अनुहार र घाँटीमा गम्भीर चोट लागेको थियो।
घाइते अवस्थामै उनलाई जिल्ला अस्पताल उदयपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पठाइएको थियो।
तर, अस्पताल पुगेपछि उपचारकै क्रममा साँझ ५ बजेतिर चिकित्सकले मृत घोषणा गरेको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटना स्कुटरको तीव्र गतिका कारण भएको हो। चालक सिराहाको सुखीपुर नगरपालिका ८ का ६५ वर्षीय जगरनाथ साह उपचाररत छन्।
स्कुटर इलाका प्रहरी कार्यालय जलजलेको नियन्त्रणमा छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post