प्रदेश १ मा सोमबार ५६ जना नया कोरोना सङ्क्रमित थपिएका छन् । भने सुनसरीमा २६, मोरङमा १७, सङ्खुवासभामा ९ र झापामा ४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा ११ जना सङ्क्रमित थपिएका छन् । जसमध्ये ५ महिला र ६ पुरुष रहेका छन् । सङ्क्रमण हुनेहरुमा सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको लेटाङमा १ महिला ४ पुरुष र बुढीगङ्गामा १ महिलामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सङ्खुवासभाको खाँदबारीका १ महिला ८ पुरुष, झापाको कमलगाउँपालिकामा २ महिला २ पुरुषमा पनि पोजेटिभ देखिएको हो । हालसम्म प्रदेश १ मा कोरोनाबाट संक्रमण हुनेको संख्या ३ हजार ३६७ पुगेको छ ।














Discussion about this post