सुनसरीको दुहवीमा दैनिक जीविकोपार्जनमा समस्या भएका स्थानीयलाई खाद्यान्न वितरण गर्न थालिएको छ ।
‘फुड बैँक’ मार्फत् स्थानीयहरुलाई खाद्यान्न वितरण गरिएको हो । दुहवी युवा समूहले गत भदै ११ गतेबाट सुरु गरेको खाद्यान्न वितरण कार्यक्रमले मंगलवार पनि निरन्तरता पाएको हो ।
युवा समूहले नगरभित्र रहेका गरिव, विपन्न र समस्यामा परेका समूदायलाई खाद्यान्न वितरण गरेको हुन् ।
६ दिन अघिदेखि सञ्चालन भएको अभियानमा अहिलेसम्म ५ सय ३५ परिवारलाई खाद्यान्न वितरण गरिएको समूहका सदस्य ऋषि कुमार शाहले जानकारी दिए ।
उनका अनुसार एक परिवार, एक छाक पुग्ने गरि १ किलोग्राम चामल, १ पावा दाल, १ पावा ‘न्यूटला, १ पावा तेल, १ पावा नुन र १ पावा भुजा वितरण गरिएको छ ।
दुहवीको राई टोलका १ सय ५० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’ भन्ने अभियानका साथ सुरु गरिएको उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको उनले बताए ।














Discussion about this post