Monday, May 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

हाम्रा हिमाल, हाम्रो गौरव

सगरमाथाको उचाई कति थियो र संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा नै हो त भन्ने विषयमा पनि विभिन्न तर्क वितर्कहरू रहेका छन् । संसारका अग्ला हिमाल खोज्नमा अरू भन्दा ब्रिटिसहरू नै अगाडि रहेको देखिन्छ ।

अर्जुन उप्रेती by अर्जुन उप्रेती
अशोज ४, २०८२
in टाकुरा विशेष, विचार
0
हाम्रा हिमाल, हाम्रो गौरव
107
SHARES
Share on FacebookShare on Twitter

विश्वमा सबैभन्दा बढी हिमाल भएको देश नेपाल । विश्वको सबैभन्दा अग्लो हिमाल भएको देश पनि नेपाल, विश्वमा आठ हजार मिटर माथिका १४ हिमालमध्ये सबैभन्दा बढी आठ वटा हिमाल भएको देश पनि नेपाल अनि विश्वमा भएका सम्पूर्ण हिमाल मध्येको एकतिहाई हिमालको संख्या भएको देश पनि नेपाल ।

समग्रमा पाँच हजार मिटरमाथिका एक हजार सात सयभन्दा बढी हिमाल भएको देश नेपाल त्यसले हामीलाई नेपालीसँगै हिमाली भन्दा पनि फरक नपर्ने भएको हो ।

त्यसमध्ये पनि आज यहाँ चाँहि विश्वको सर्वाेच्च शिखर, विश्वको शिर, पृथ्वीको अग्लो भूभाग, पन्ध्रौ चुली, सगरमाथा वा माउण्ट एभरेष्टका केही कुरा उल्लेख गर्न खोजिएको छ ।

हामी सगरमाथा आरोहणको कुरा गर्दा सबैभन्दा पहिला सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिङ शेर्पाले सगरमाथाको सफल आरोहण गरेको हो भन्छौ । र त्यो सत्य पनि हो । तर औपचारिक रूपमा सगरमाथा चढ्न थालेको भने त्यो भन्दा धेरै अगाडिदेखि नै हो ।

सगरमाथा नै संसारमा यस्तो रहस्यमय हिमाल हो जहाँ यति अर्थात हिउँ मानव पाइन्छ भन्ने विश्वास गरिन्छ । अहिलेसम्म १२ हजार ८ सय ८४ जनाले सगरमाथको सफल आरोहण गरिसकेका छन् भने त्यसमध्ये पनि ७ हजार २ सय ६९ जनाले एकपटक र अन्यले दोहोरो, तेहेरो वा त्यो भन्दा बढीपटक आरोहण गरेका छन् ।

सन् १९२१ मा पहिलो पटक ब्रिटिसहरूले औपचारिक रूपमा तिब्बत साईडको नर्थफेसबाट सगरमाथाको आरोहण सुरू गरेका थिए । र त्यो टोली करिब ८ हजार मिटरसम्म पगेर फर्किएको थियो भने सन् १९२२ मा ब्रिटिसहरूकै दोस्रो प्रयासमा ८ हजार ३ सय २० मिटरसम्म सगरमाथाको आरोहण गरिएको थियो तर समिट हुन सकेको थिएन ।

त्यसपछि सन् १९२४ मा ब्रिटिस टोलीबाटै जर्जमेलोरी र एन्ड्रु इरभिनले सगरमाथा आरोहणको सफल प्रयास गरेका थिए । तर, उनीहरू समिट नजिकै पुगेपछि ठूलो हिउँहुरीमा परेर बेपत्ता भएका थिए ।

त्यतिबेला बेपत्ता भएकामध्ये जर्जमेलोरीको लास ७५ वर्षपछि सन् १९९९ मा ८ हजार १ सय ५५ मिटर उचाईमा भेटिएको थियो भने एन्ड्रु इरभिन अहिलेसम्म पनि बेपत्ता नै छन् ।

सगरमाथाका विभिन्न नामहरू र विशेषता छन् । नेपाली भाषामा सगरमाथा भन्नाले आकाशको शिर भन्ने बुझिन्छ । तिब्बतीयन भाषामा यसलाई चोमोलुङमा भनिन्छ । चोमोलुङमा भन्नाले संसारको आमा भगवती भन्ने बुझिन्छ भने माउण्ट एभरेष्ट भन्ने बित्तिकै ब्रिटिस सर्भेयर जर्जएभरेष्ट अर्थात् सर्भेयरको नामबाट राखिएको नाम भन्ने बुझिन्छ ।

सगरमाथाको उचाई कति थियो र संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा नै हो त भन्ने विषयमा पनि विभिन्न तर्क वितर्कहरू रहेका छन् । संसारका अग्ला हिमाल खोज्नमा अरू भन्दा ब्रिटिसहरू नै अगाडि रहेको देखिन्छ ।

उनीहरूले कुन चाँहि हिमाल संसारको सबैभन्दा अग्लो हिमाल हो भनेर खोज्ने क्रममा सन् १८५२ मा पन्ध्रौँ चुली संसारको सबै भन्दा अग्लो हिमाल हो भनेर ब्रिटिसहरूको सर्भटिममा काम गर्ने भारतीय सर्भेयर राधानाथ सिकन्दरले पत्ता लगाएका थिए र त्यो पन्ध्रौँ चुली भनेको सगरमाथा वा माण्ट एभरेष्ट नै हो रहेछ भन्ने पछि प्रमाणित भयो ।

त्यसपछि सन १८६५ मा सर्भेयर एन्ड्रु वागले सन १८३० देखि १८४३ सम्म ग्रेट ट्रिगनोमेट्रिक सर्भे अफ इन्डियामा काम गरेका जर्ज एभरेष्टको नामबाट पन्ध्रौँ चुलीलाई माउण्ट एभरेष्ट नामकरण गरिनुपर्छ भनेर रोयल जियोग्राफिकल सोसाईटी अफ लन्डनमा प्रस्ताव गरे र त्यही साल अर्थात सन् १८६५ मै रोयल जियोग्राफिकल सोसाईटी अफ लन्डनले औपचारिक रूपमा सगरमाथाको नाम सर्भेयर जर्जएभरेष्टको नामबाट माउण्ट एभरेष्ट राख्ने निर्णय गर्यो ।

त्यहीबेलादेखि नेपालमा सगरमाथा भनिएपछि विश्वभरि यसको नाम माउण्ट एभरेष्ट भन्न थालिएको हो ।

सगरमाथा नै संसारमा यस्तो रहस्यमय हिमाल हो जहाँ यति अर्थात हिउँ मानव पाइन्छ भन्ने विश्वास गरिन्छ । अहिलेसम्म १२ हजार ८ सय ८४ जनाले सगरमाथको सफल आरोहण गरिसकेका छन् भने त्यसमध्ये पनि ७ हजार २ सय ६९ जनाले एकपटक र अन्यले दोहोरो, तेहेरो वा त्यो भन्दा बढीपटक आरोहण गरेका छन् ।

हालसम्म सगरमाथा आरोहणमा ३ सय भन्दा बढी आरोहीहरूले ज्यान गुमाइसकेका छन् ।

विश्वमा सबैभन्दा बढी सगरमाथा चढ्नेमध्येमा नेपालीहरू नै पर्छन् त्यसमा पनि शेर्पाहरूको संख्या अत्यधिक छ । नेपालबाट एक हजारभन्दा बढीले सगरमाथा चढेका छन् भने दोस्रोमा चाइनाको तिब्बतका मानिसहरू छन् ।

यसैगरी भारतीय सैनिक र सिभिलियनहरूको संख्या पनि उल्लेख्य नै छ । त्यस्तै एसियाभन्दा बाहिर जाने हो भने नेपाल र चाइनाभन्दा पछि सबैभन्दा धेरै सफल सगरमाथा आरोहण गर्नेमा अमेरिकीहरू पर्छन् । यद्यपि, ऐतिहासिक रेकर्ड भने ब्रिटिसहरूले नै बनाएका छन् ।

सर एडमण्ड हिलारीले पनि ब्रिटिस एक्सपिडिसन टिमबाटै सगरमाथा चढेर विश्व कीर्तिमान बनाएका हुन् । तर उनी न्यूजिल्याण्डका नागरिक थिए ।

Tags: #विचारअर्जुन उप्रेतीटाकुरा विशेष
अर्जुन उप्रेती

अर्जुन उप्रेती

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक उप्रेती अनुसन्धानकर्मी हुन् । इटहरी निवासी उनी शिक्षण र पत्रकारिता क्षेत्रमा आफ्नो योगदानको लागि परिचित छन्। उप्रेतीले अनुसन्धानमूलक पुस्तकसँगै खासगरी हिमाल सम्बन्धी विभिन्न लेख, आलेख लेखेका छन् ।

Related Posts

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 
टाकुरा विशेष

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १०, २०८३
0

मोरङ : मोरङमा सुनजस्तो देखिने पहेँलो धातुको टिल देखाएर वृद्धवृद्धालाई ठगी तथा लुटपाट गर्ने गिरोह सक्रिय भएको पाइएको छ। प्रहरीका अनुसार...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
टाकुरा विशेष

कोशीमा सत्ता समीकरणको नयाँ संकेत, कांग्रेस नेतृत्वको दाबी किन बढ्दैछ ?

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ८, २०८३
0

इटहरी : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्ने दाबी सार्वजनिक गरेपछि सत्ता गठबन्धनभित्रको शक्ति...

इटहरीको जनता माविमा प्रक्रिया मिचेर फेरि उही अनुहार, चौतर्फी आलोचना

इटहरीको जनता माविमा प्रक्रिया मिचेर फेरि उही अनुहार, चौतर्फी आलोचना

बैशाख २७, २०८३
सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

बैशाख २६, २०८३
हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३
‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

बैशाख २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु

जेष्ठ ११, २०८३
कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन

चालू आर्थिक वर्षमा ११ हजार पर्यटक पुगे कोशी टप्पु

जेष्ठ ११, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

जेष्ठ १०, २०८३
‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

जेष्ठ १०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1490 shares
    Share 596 Tweet 373
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1424 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    882 shares
    Share 353 Tweet 221
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    625 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    608 shares
    Share 243 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.