इटहरी : मोरङको विराटचोक निवासी लेखक छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’को गृह विमोचन भएको छ।
सोमवार विराटचोकमा उनको पुस्तकको गृह विमोचनसँगै विमर्श कार्यक्रम आयोजना भएको हो।
कार्यक्रममा संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाले पुस्तकको विमोचन गरे।
खतिवडाले ‘विविशारा’ उपन्यास हुँदा खाने र हुनेखानेबीचको चरित्रको द्धन्द्ध रहेको बताए।
खासगरी समाजवादी, यथार्थवादी कुरा गर्दा अहिले पनि वर्गीय विभेदको पहाड नेपाली समाजमा रहेको र त्यसैलाई उपन्यासमा उदृत गरिएको उनले बताए ।
कार्यक्रममा लेखकद्धय डा. अस्मिता विष्ट र रामप्रसाद खरेलले पुस्तकको टिप्पणी गरेका थिए भने सञ्चारकर्मी उषाकिरण घिमिरेले कार्यक्रमलाई सहजीकरण गरिन्।
लेखक घिमिरेले बालमनोविज्ञानमा आधारित रहेर आम भुइँमान्छेको यथार्थमा केन्द्रित भई उपन्यास लेखेको बताए।
दैवीप्रकोप, बालश्रम, यौनशोषण र सामाजिक विभेदको मुक्का खाएर ढल्दा पनि सङ्घर्षको राँको बोकेर हिँडिरहेको हिम्मतिलो पात्रको कथा नै उपन्यासमा रहेको उनको भनाइ छ।
भिडिओ
यो पनि – मोरङ निवासी लेखक छवि वैरागी घिमिरेले ल्याए उपन्यास ‘विविशारा’














Discussion about this post