Friday, September 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १८, २०८३
in पर्यावरण, फाेटाे फिचर, समाचार
0
चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)
90
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इलामको सूर्योदय नगरपालिका अन्तर्गत पर्ने पशुपतिनगर, थुम्केरानी र चोयाटार क्षेत्र पूर्वी नेपालको उत्कृष्ट चरा पर्यटन गन्तव्यका रूपमा विकास हुने सम्भावना बोकेको क्षेत्रका रूपमा चिनिन थालेको छ।

हरियाली वन, स्वच्छ वातावरण, मध्यम पहाडी भू–बनोट र जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा वर्षभरि विभिन्न प्रजातिका चराहरू देखिन थालेपछि प्रकृतिप्रेमी, चराप्रेमी र फोटोग्राफरहरूको आकर्षण बढ्दै गएको हो।

Yellow-breasted Greenfinch

वन्यजन्तु तथा चरा फोटोग्राफर देवेन खरेलले पछिल्लो समय यस क्षेत्रका विभिन्न प्रजातिका चराहरूको जीवनचक्र समेटिएका दुर्लभ तस्बिर सार्वजनिक गरेका छन्।

उनका तस्बिरमा चराहरूको गुँड निर्माण, अण्डा कोरल्ने, चल्ला हुर्काउने, आहारा संकलन गर्ने तथा प्राकृतिक बासस्थानमा स्वतन्त्र रूपमा विचरण गरिरहेका दृश्य समेटिएका छन्।

Yellow-breasted fulvetta

खरेलका अनुसार यस्ता दृश्य फोटोग्राफीका दृष्टिले मात्र होइन, जैविक विविधताको अध्ययन र संरक्षणका हिसाबले पनि महत्वपूर्ण छन्।

‘थुम्केरानी क्षेत्रमा पाइने चराहरूको विविधता र उनीहरूको प्राकृतिक व्यवहारले यो क्षेत्र चरा पर्यटनका लागि अत्यन्त उपयुक्त रहेको देखाउँछ,’ उनले भने, ‘यदि स्थानीय सरकार, पर्यटन व्यवसायी र संरक्षणकर्मीले संयुक्त रूपमा काम गर्ने हो भने यो क्षेत्र देशकै उत्कृष्ट बर्डिङ गन्तव्य बन्न सक्छ।’

Yellow-billed Blue Magpie

उनका अनुसार नेपालमा चरामात्र हेर्न आउने आन्तरिक तथा विदेशी पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ। तर पूर्वी पहाडी क्षेत्रमा रहेका यस्ता सम्भावनायुक्त स्थानको पर्याप्त प्रचार–प्रसार र पूर्वाधार विकास हुन नसक्दा अपेक्षित लाभ लिन सकिएको छैन।

White-browed Fulvetta

थुम्केरानी क्षेत्र वन, चियाबगान र प्राकृतिक पानीका स्रोतले भरिपूर्ण भएकाले धेरै प्रजातिका स्थानीय तथा बसाइँसराइ गर्ने चराहरूका लागि उपयुक्त बासस्थान बनेको छ।

Scaly Laughingthrush

मौसमअनुसार यहाँ विभिन्न रंग र स्वरका चराहरू देख्न सकिन्छ। यही कारण वन्यजन्तु फोटोग्राफरहरू बिहान र साँझको समयमा यहाँ पुगेर चराको गतिविधि कैद गर्ने गरेका छन्।

Russet Sparrow

चराहरूको संरक्षणसँगै पर्यटन विकास गर्न सकिए स्थानीय समुदायले प्रत्यक्ष आर्थिक लाभ लिन सक्ने खरेलको भनाइ छ। उनका अनुसार होमस्टे, स्थानीय गाइड, यातायात, होटल तथा स्थानीय उत्पादनको बजार विस्तारमा पनि चरा पर्यटनले महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

Red-tailed Minla

प्राकृतिक सम्पदाको संरक्षण र दिगो पर्यटन विकासलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले चराको बासस्थान संरक्षण, अवैध सिकार नियन्त्रण, वन विनाश रोकथाम र पर्यावरणीय शिक्षा प्रभावकारी बनाउनुपर्ने बताए।

Red-billed Leiothrix1

पर्यटन विज्ञहरूका अनुसार नेपाल विश्वका चरा विविधतामा धनी मुलुकमध्ये एक हो। हिमालदेखि तराईसम्मको भौगोलिक विविधताले सयौं प्रजातिका चरालाई आश्रय दिएको छ।

Kalij Pheasant Male Female

इलामको थुम्केरानी, पशुपतिनगर र चोयाटार क्षेत्रले पनि यही प्राकृतिक सम्पदाको उत्कृष्ट उदाहरण प्रस्तुत गरिरहेका छन्।

Grey-winged blackbird
Green-Tailed Sunbird
Gray-headed warbler
Chestnut-crowned Laughingthrush
Buff-barred warbler
Black-throated tit
Black-throated tit.
Black-throated Prinia
Black-throated Parrotbill
Black-thrated sunbird male
Black-thrated sunbird female
Bay Woodpecker
Bar-throated siva Chestnut-Tailed Minla
White-browed Fulvetta

 

सबै तस्बिरहरू : देवेन खरेल ।

Tags: चरादेवेन खरेलपर्यावरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी
FEATURE BREAKING

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८३
0

विराटनगर : कोशी प्रदेशमा स्रोत अभावमा वर्षौंदेखि अधुरा र अलपत्र अवस्थामा रहेका २३२ वटा योजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने...

समाचार

इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८३
0

इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राई...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

एक अर्ब ५७ करोडको हुण्डी कारोबार आरोपमा सुनसरी प्रहरीद्धारा दुई जना पक्राउ

अशोज २, २०८३
कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

अशोज १, २०८३
वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

अशोज १, २०८३
इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

अशोज २, २०८३

इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

अशोज २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

एक अर्ब ५७ करोडको हुण्डी कारोबार आरोपमा सुनसरी प्रहरीद्धारा दुई जना पक्राउ

अशोज २, २०८३
हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    409 shares
    Share 164 Tweet 102
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.