Saturday, August 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा भव्य तयारीसहित ३६औं छठ पर्व मनाइँदै, दुई लाख श्रद्धालु उपस्थित हुने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८२
in समाचार
0
इटहरीमा छठ पर्वको उल्लास (फोटोफिचर)
77
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी र सुन्दरहरैंचाको सीमाक्षेत्र बूढीगंगा–जमुना मुक्तिधाममा यस वर्ष भव्य रूपमा ३६औं छठ पर्व मनाइने भएको छ ।

यस सम्बन्धमा छठ पर्व सेवा समितिद्वारा इटहरीमा पत्रकार सम्मेलन गरी तयारी, कार्यक्रम र खर्च विवरण सार्वजनिक गरिएको हो ।

सुव्यवस्थित तयारीसहित यस वर्षको छठ पर्वमा कोशी प्रदेशका विभिन्न जिल्ला र भारतका सीमावर्ती क्षेत्रहरूबाट करिब २ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरू सहभागी हुने अनुमान गरिएको छ ।

समितिका सचिव मुकेशकुमार चौधरीले विगतका वर्षहरूमा महामारी, डेङ्गु तथा आर्थिक कठिनाइका बाबजुद समितिले निरन्तर धार्मिक परम्परा निर्वाह गर्दै आएको बताए ।

छठ पर्वको इतिहास स्मरण गर्दै उनले भने, ‘३५ वर्षअघि थोरै मानिसहरूले सुरु गरेको यो पर्व अहिले सम्पूर्ण नगरवासीको साझा पर्व बनिसकेको छ ।’

भाइटीकाको भोलिपल्ट कार्तिक ७ गते नदी, पोखरी, नहरमा स्नान गरी लौका तरकारी र चामलको भात खाने गरिन्छ ।

उनका अनुसार पहिलो दिन (कार्तिक ८) ब्रतालुहरूले लसुन, प्याजलगायत निषेधित वस्तु परित्याग गरी शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन् ।

यसैगरी कार्तिक ९ गते घरको विशेष कोठालाई गोबरले लिपपोत गरी चोख्याएर पूजा गरिन्छ ।

‘यसको विशेषता भनेको भित्र पूजा नसकुन्जेलसम्म बाहिर परिवारजन, आफन्त तथा टोलबासीहरू पर्खेर बस्दछन्,’ उनले भने, ‘पूजापश्चात् व्रतालुले प्रसाद ग्रहण गरिसकेपछि मात्रै सबैलाई प्रसाद वितरण गरिन्छ । र, सोही समयबाट व्रतालुहरूले निराहार व्रत विधिवत् रूपमा सुरुवात गर्दछन् ।’

कार्तिक १० गते छठको मुख्य दिन निराहार व्रत बसिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिने उनले बताए ।

११ गते भने सूर्योदयलाई जल चढाएर, सूर्य नारायण मन्दिरमा गई जल चढाएपछि मन्दिर प्राङ्गणबाटै छठ पर्व समापन हुने चौधरीले बताए ।

यस वर्ष पाँच सय ५० वटा पूजा घाट निर्माण गरेको समितिले जनाएको छ । घाट निर्माण, सरसफाइ, मन्दिर सजावट, सांस्कृतिक कार्यक्रमलगायत तयारीहरू अन्तिम चरणमा पुगेको जनाइएको छ ।

छठ पर्वलाई सभ्य, भव्य, सुरक्षित र सुव्यवस्थित बनाउनका लागि समितिले १८ वटा उप–समितिहरू गठन गरेको छ ।

जसमा अर्थ संकलन, पूजा घाट व्यवस्थापन, प्रचारप्रसार, भण्डारा, प्रसाद, सुरक्षादेखि मञ्च व्यवस्थापनसम्मका जिम्मेवारी बाँडिएका छन् ।

सुरक्षाका लागि १०० जना स्वयंसेवक, ५० जना सुरक्षा गार्ड, सिसी क्यामेरा निगरानी र ट्राफिक व्यवस्थापन गरिने समितिले जनाएको छ ।

कार्यक्रमको व्यवस्थापनका लागि २६ लाख रुपैयाँ बराबरको खर्च अनुमान गरिएको छ ।

Tags: #इटहरी#पर्वछठसंस्कृति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन १६, २०८३
0

विराटनगर : मोरङको कटहरी गाउँपालिका–३ मा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरी–३ राजवंशी...

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो
समाचार

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

by रासस
साउन १६, २०८३
0

झापा : भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ ।...

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा हट्यो कर्फ्यू, यी पालिकामा निषेधाज्ञा कायमै

साउन १६, २०८३
कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित

सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित

साउन १५, २०८३
मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

साउन १५, २०८३
सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

साउन १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

साउन १६, २०८३
निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

साउन १६, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा हट्यो कर्फ्यू, यी पालिकामा निषेधाज्ञा कायमै

साउन १६, २०८३
कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित

सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित

साउन १५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.