Saturday, October 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा भव्य तयारीसहित ३६औं छठ पर्व मनाइँदै, दुई लाख श्रद्धालु उपस्थित हुने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८२
in समाचार
0
इटहरीमा छठ पर्वको उल्लास (फोटोफिचर)
79
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी र सुन्दरहरैंचाको सीमाक्षेत्र बूढीगंगा–जमुना मुक्तिधाममा यस वर्ष भव्य रूपमा ३६औं छठ पर्व मनाइने भएको छ ।

यस सम्बन्धमा छठ पर्व सेवा समितिद्वारा इटहरीमा पत्रकार सम्मेलन गरी तयारी, कार्यक्रम र खर्च विवरण सार्वजनिक गरिएको हो ।

सुव्यवस्थित तयारीसहित यस वर्षको छठ पर्वमा कोशी प्रदेशका विभिन्न जिल्ला र भारतका सीमावर्ती क्षेत्रहरूबाट करिब २ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरू सहभागी हुने अनुमान गरिएको छ ।

समितिका सचिव मुकेशकुमार चौधरीले विगतका वर्षहरूमा महामारी, डेङ्गु तथा आर्थिक कठिनाइका बाबजुद समितिले निरन्तर धार्मिक परम्परा निर्वाह गर्दै आएको बताए ।

छठ पर्वको इतिहास स्मरण गर्दै उनले भने, ‘३५ वर्षअघि थोरै मानिसहरूले सुरु गरेको यो पर्व अहिले सम्पूर्ण नगरवासीको साझा पर्व बनिसकेको छ ।’

भाइटीकाको भोलिपल्ट कार्तिक ७ गते नदी, पोखरी, नहरमा स्नान गरी लौका तरकारी र चामलको भात खाने गरिन्छ ।

उनका अनुसार पहिलो दिन (कार्तिक ८) ब्रतालुहरूले लसुन, प्याजलगायत निषेधित वस्तु परित्याग गरी शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन् ।

यसैगरी कार्तिक ९ गते घरको विशेष कोठालाई गोबरले लिपपोत गरी चोख्याएर पूजा गरिन्छ ।

‘यसको विशेषता भनेको भित्र पूजा नसकुन्जेलसम्म बाहिर परिवारजन, आफन्त तथा टोलबासीहरू पर्खेर बस्दछन्,’ उनले भने, ‘पूजापश्चात् व्रतालुले प्रसाद ग्रहण गरिसकेपछि मात्रै सबैलाई प्रसाद वितरण गरिन्छ । र, सोही समयबाट व्रतालुहरूले निराहार व्रत विधिवत् रूपमा सुरुवात गर्दछन् ।’

कार्तिक १० गते छठको मुख्य दिन निराहार व्रत बसिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिने उनले बताए ।

११ गते भने सूर्योदयलाई जल चढाएर, सूर्य नारायण मन्दिरमा गई जल चढाएपछि मन्दिर प्राङ्गणबाटै छठ पर्व समापन हुने चौधरीले बताए ।

यस वर्ष पाँच सय ५० वटा पूजा घाट निर्माण गरेको समितिले जनाएको छ । घाट निर्माण, सरसफाइ, मन्दिर सजावट, सांस्कृतिक कार्यक्रमलगायत तयारीहरू अन्तिम चरणमा पुगेको जनाइएको छ ।

छठ पर्वलाई सभ्य, भव्य, सुरक्षित र सुव्यवस्थित बनाउनका लागि समितिले १८ वटा उप–समितिहरू गठन गरेको छ ।

जसमा अर्थ संकलन, पूजा घाट व्यवस्थापन, प्रचारप्रसार, भण्डारा, प्रसाद, सुरक्षादेखि मञ्च व्यवस्थापनसम्मका जिम्मेवारी बाँडिएका छन् ।

सुरक्षाका लागि १०० जना स्वयंसेवक, ५० जना सुरक्षा गार्ड, सिसी क्यामेरा निगरानी र ट्राफिक व्यवस्थापन गरिने समितिले जनाएको छ ।

कार्यक्रमको व्यवस्थापनका लागि २६ लाख रुपैयाँ बराबरको खर्च अनुमान गरिएको छ ।

Tags: #इटहरी#पर्वछठसंस्कृति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक १४, २०८३
0

झापा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ साबित्रा चोकमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । ट्रक र...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
समाचार

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८३
0

विराटनगर : कोशी प्रदेशमा नेपालीबाहेकका भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था आगामी कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको...

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३
रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

कार्तिक १३, २०८३
जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

कार्तिक १३, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३
पूर्वी नेपालमा नाट्य पर्यटन

पूर्वी नेपालमा नाट्य पर्यटन

कार्तिक १४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    367 shares
    Share 147 Tweet 92
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.